Comments Add Comment

नोकियाले ल्यायो दुई नयाँ फिचर फोन

नोकिया ब्राण्डका मोबाइल फोन उत्पादन गर्दै आएको एचएमडी ग्लोबल नामक फिनिस कम्पनीले दुईवटा नयाँ मोबाइल फोन सार्वजनिक गरेको छ ।

कम्पनीले सार्वजनिक गरेका नयाँ संस्करणका फिचर फोनको नाम नोकिया १२५ र नोकिया १५० रहेको छ ।

२४ अमेरिकी डलर मूल्य तोकिएको नोकिया १२५ फोन कालो र सेतो रङमा उपलब्ध रहेको बताइएको छ । नोकिया १२५ मा २.४ इन्चको क्यूभिजीए डिस्प्लेका साथै १०२० मिलिएम्पियर आवर क्षमताको ब्याट्री रहेको छ । उक्त ब्याट्रीको टक टाइम १९.४ घण्टा तथा स्टाण्डबाइ टाइम साढे २३ दिनसम्म रहेको दाबी कम्पनीको छ । अर्थात् यसको ब्याट्री एकपटक फूल चार्ज गरेपछि लगातार फोनमा कुरा गर्दासमेत १९ घण्टासम्म चल्दछ भने फोनमा कुरा नगरीकन राख्दा २३ दिनभन्दा बढिसम्म यसको चार्ज पुग्दछ ।

यो फोन सिरिज ३० प्लस अपरेटिङ सिस्टमबाट चल्नेछ । जसमा मिडियाटेक कम्पनीको र्याम रहेको छ । यस फोनमा ४ एमबी क्षमताको र्याम छ भने स्टोरेज क्षमता पनि ४ एमबी नै रहेको छ । त्यस्तै यसमा फ्लास सहितको भिजिए क्यामरा पनि रहेको छ । नोकिया १२५ सिंगल तथा डुअल सिम गरी दुबै मोडलमा उपलब्ध छ ।

नोकिया १५० को कुरा गर्नुपर्दा यो फोन रातो, कालो र निलो रङमा उपलब्ध छ । २९ डलर मूल्य तोकिएको नोकिया १५० मा प्रयोगकर्ताले एमपिथ्री प्लेयरको प्रयोग गरी अडियो फाइल स्टोर गर्न सक्नेछन् । यस फोनको स्टोरेज क्षमतालाई ३२ जिबीसम्म बढाउन सकिन्छ । यो फोनमा पनि २.४ इन्चको क्यूभिजीए डिस्प्ले तथा १०२० मिलिएम्पियर आवर क्षमताको ब्याट्री रहेको छ । त्यस्तै यसमा एफएम रेडियो, ब्लुटुथलगायतका फिचर रहेका छन् । नोकिया १५० को अपरेटिङ सिस्टम, प्रोसेसर, र्‍याम तथा इन्टर्नल स्टोरेज तथा क्यामरा लगायतका फिचर चाहीँ नोकिया १२५ कै जस्तो रहेका छन् ।

यो फोनले डुअल सिम सपोर्ट गर्नुका साथै माइक्रे युएसबीबाट समेत चार्ज गर्न सकिन्छ । एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment