+
+

चिनियाँ सेनाले आफ्नै विमानमार्फत नेपाल ल्याइदियो मेडिकल सामग्री

अनलाइनखबर अनलाइनखबर
२०७७ वैशाख ३१ गते ११:२३
स्वास्थ्य सामग्री लिएर काठमाडौ आएको चिनियाँ जनमुक्ति सेनाको जहाज ।

३१ वैशाख, काठमाडौं । चिनियाँ जनमुक्ति सेनाको एयर फोर्सले नेपाली सेनाका लागि सहयोगबापत दिएको मेडिकल सामग्री नेपाल आइपुगेको छ । बुधबार विहान चीनको चेङ्दुबाट काठमाडौं आएको चिनियाँ सेनाको विमानले मेडिकल समाग्री ल्याएको हो ।

मेडिकल समाग्री लिएर आएको चिनियाँ जनमुक्ति सेनाको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विहान ९ बजे अवतरण गरेको थियो ।

यसमा मास्क, गगल्स, पीपीई, बुट, बुट कभर, ग्लोब, थर्मोमिटर लगायतका सामग्री रहेको भन्सार विभागका एक अधिकारीले बताए । ‘यो सामग्री नेपाली सेनाका लागि सहयोगबापत आएका हो,’ ती अधिकारीले भने, ‘कोभिड–१९ विरुद्ध लड्न सेनाले यो सामग्री प्रयोग गर्नेछ ।’

सेनाले कति परिमाणको मेडिकल समाग्री प्राप्त ग¥यो भन्ने खुलाइएको छैन ।

यसअघि चीन सरकारले नेपाल सरकारलाई पनि मेडिकल सामग्री सहयोग गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?