+
+
Shares

रुपन्देहीका सात स्थानीय तहमा निषेधाज्ञा

सबै पालिकाले एक हजार जना क्षमताको क्वारेन्टाउन बनाउने

अनलाइनखबर अनलाइनखबर
२०७७ वैशाख ३१ गते १२:२३

३१ वैसाख, बुटवल । जिल्लामा कोरोना संक्रमित बढेपछि रुपन्देही प्रशासनले भारतसँग सीमा जोडिएका रुपन्देहीका सात स्थानीय तहमा आवागमन पूर्णरुपमा बन्द गर्ने निर्णय गरेको छ ।

जिल्ला प्रशासन कार्यालय रुपन्देहीमा बसेको जिल्ला सुरक्षा समिति र स्थानीय तहका प्रमुखहरुको बैठकले दुई नगरपालिका र पाँच गाउँपालिकामा बुधबारदेखि जेठ ५ गते राति १२ बजेसम्म आवागमन बन्द गर्ने निर्णय गरेको हो ।

आवागमन बन्द गरिने स्थानीय तहहरुमा सिद्धार्थनगर नगरपालिका, लुम्बिनी सांस्कृतिक नगरपालिका, सम्मरीमाई गाउँपालिका, मर्चवारी गाउँपालिका, कोटहीमाई गाउँपालिका, मायादेवी गाउँपालिका र रोहिणी गाउँपालिका रहेका छन् ।

हुलाकी राजमार्गदेखि दक्षिण तर्फका यी स्थानीय तहमा जेठ ५ गतेसम्म आवगमन बन्द गर्ने निर्णय भएको जिल्ला प्रशासान कार्यालयका सूचना अधिकृत जनक थापाले जानकारी दिए । ‘यो भनेको निषेधाज्ञा नै हो, ती पालिकाका बासिन्दा जेठ ५ गते रातिसम्म घरबाट बाहिर आवतजावत गर्न पाउँदैनन्,’ थापाले भने, ‘निषेधाज्ञा उल्लंघन गर्नेलाई कानुन अनुसार कारबाही हुनेछ ।’

बैठकले भारतबाट स्वदेश फर्किन सीमा क्षेत्रमा आइपुगेका नेपालीहरुलाई राख्न रुपन्देहीका सबै पालिकाले एक हजार जना क्षमताको क्वारेन्टाइन बनाउने निर्णय पनि गरेको छ । बैठकमा सीमा क्षेत्रमा अलपत्र नेपालीहरुलाई मंगलबार साँझ नै रुपन्देहीमा ल्याएर बिभिन्न क्वारेन्टाइनमा राख्नेबारे छलफल भएपनि निश्कर्षमा पुग्न नसकेको र सम्भवतः बुधबार ल्याइने तिलोत्तमा नगरपालिकाका प्रमुख बासुदेव घिमिरेले बताए । सीमा क्षेत्र सुनौलीमा एक हजार बढी नेपाली केही दिनदेखि स्वदेश फर्कनका लागि जम्मा भएर बसेका छन् । सीमा क्षेत्रका नेपाली ल्याएर राख्न सिद्धार्थनगर र तिलोत्तमा नगरपालिका नगरपालिका तथा ओमसतिया गाउपालिकाले नयां क्वारेन्टाइन बेड तयार गरेका थिए । तिलोत्तमाले मधवलिया माविमा दुईसय जना राख्ने गरी सबै पुर्वाधार तयार गरिसकेको छ । रुपन्देहीमा मंगलबारसम्म १६ जनामा कोरोना संक्रमण भएको छ भने एक जना निको भएर घर फर्केका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?