+
+
Shares

अनलाइन डान्स क्लासबाट उर्वशीले कमाइन् ५ करोड

अनलाइनखबर अनलाइनखबर
२०७७ वैशाख ३१ गते १२:४६

बलिउड नायिका उर्वशी रौटेलाले अनलाइन डान्स क्लासबाट पाँच करोड रुपैयाँ आम्दानी गरेकी छिन् । लकडाउनको कारण बलिउडका सबै कलाकार घरमै छन् ।

कोही सामाजिक सञ्जालको माध्यमबाट आफ्नो फ्यानलाई कोरोनाको विषयमा जानकारी दिइरहेका छन् भने कतिपय सामाजिक काममा पनि सक्रिय छन् ।

नायिका उर्वशी रौतेलाले भने आफ्नो इन्स्टाग्राममा अनलाइन क्लास सुरु गरेकी थिइन् । कोरोना संक्रमितहरूको सहयोगका लागि उनले यो काम सुरु गरेकी हुन् । यसमा करिब १८ करोड मानिसहरू जोडिएका थिए । जसबाट उनले पाँच करोड रुपैयाँ आम्दानी गरेकी थिइन् ।

उर्वशीले अनलाइनको माध्यमबाट जुम्बा, टबाटा, ल्याटिन नृत्य सिकाइरहेकी छिन्। उर्वशीले, डान्स क्लासबाट उठेको रकम क्राई फाउन्डेसन र स्वेदश फाउन्डेसनलाई सहयोग गरेकी छिन् ।

यी दुवै संस्थाले कोरोना संक्रमणको समयमा अघिल्लो पङ्क्तिमा रहेर काम गर्ने स्वास्थ्यकर्मी, सुरक्षाकर्मीका लागि काम गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?