Comments Add Comment

इंग्ल्याण्डको फुटबल प्रिमियर लिग सुरु गर्ने तयारी

३१ वैशाख, काठमाडौं । इंग्ल्याण्डको फुटबल प्रिमियर लिग आगामी जूनमा सुरु गर्ने तयारी भइरहेको छ । सरकारले पनि जून १ पछि लिग सञ्चालनका लागि अनुमति दिने संकेत गरेको छ ।

पहिलो चरणमा खेलाडी प्रशिक्षणमा फर्कंदा के, कस्तो प्रोटोकल फलो गर्ने भनेर अफिसियल प्रोटोकल खेलाडी र म्यानेजरलाई पठाइएको बीबीसीले जनाएको छ ।

सामाजिक दूरी पालना भए÷नभएबारे पनि कडाइका साथ हेरिने छ ।

ट्रेनिङमा ट्याकलिङ गर्न प्रतिवन्ध हुनेछ । मैदानमा डिसइन्फेक्सन हालिनेछ । ५ जनाभन्दा कम खेलाडीको मात्र समूह बनाइनेछ ।

कर्नर फ्ल्याग, बलहरू, कोनहरू, गोलपोस्टहरू र खेल्ने मैदानमा हरेक सेसनपछि डिस्एन्फेक्सन हुनेछ ।

लिग मालिकहरूले ७५ मिनेटका लागि सोमबारदेखि ट्रेनिङ सुरु हुने आशा राखेका छन् ।

यस्तै, अहिलेको नगरानीको उपायहरूमा सातामा दुई पटक परीक्षण गरिने र ट्रेनिङअघि प्रश्नावली र तापमान जाँच गरिनेछ ।

हेल्थ स्क्रिनिङ सेक्सनअन्तर्गत, खेलाडीहरूलाई कोविड १९ परीक्षणको नतिजा राख्नुपर्ने भनिएको छ । यो उनीहरूको सहमति र प्रोफेसनल फुटबलर संघ सम्झौताको अधीनमा राख्नु पर्छ ।

यस्तै खेलाडीहरुले एक्सरसाइजअघि कोभिड १९ ले निम्त्याउने बिरामीबारेमा विचार गर्न पनि जानकारी गराइएको छ ।

यसैगरी, थप कडा नियमहरू समेत छन् । जसमा खेलाडीहरूले प्रशिक्षण मैदानबाट ट्रान्सपोर्टेसन सेयर गर्न पाउने छैनन् । सवारी साधनको भित्री भागहरू नियमित सफा गर्नुपर्नेछ । टिम भेहिकल र पब्लिक ट्रान्सपोर्ट प्रयोग गर्न पाइने छैन ।

बुधवार खेलाडीहरु, प्रिमियर लिग, चिकित्सा स्टाफ र प्रोफेसनल फुटबलर्स एसोसिएसनबीच एक बैठक हुनेछ।

टोलीले अर्को चरणको प्रशिक्षण जारी राख्नुअघि सरकारको स्वीकृति लिनुपर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment