Comments Add Comment

रोहित शर्मा भन्छन्- आईपीएलमा ह्याट्रिक लिएको सम्झिँदा आफैं चकित हुन्छु

३० वैशाख, काठमाडौं । भारतीय क्रिकेटर रोहित शर्मा अहिले विष्फोटक ब्याट्सम्यानको रुपमा चिनिन्छन् । सीमित ओभरको क्रिकेटमा अहिले रोहित ‘रो-हित’ उपनामले चर्चित छन् । ब्याटबाट रन बनाउने उनको मुख्य काम हो ।

तर कुनै बेला रोहितले बलिङ गरेर लगातार तीन बलमा विकेट लिएका थिए अर्थात ह्याट्रिक विकेट । मुख्य बलरलाई समेत गाह्रो हुने यो काम रोहितले सन् २००९ को इन्डियन प्रिमियर लिग आईपीएलमा गरेका थिए ।

त्यतिबेला रोहित डेक्कन चार्जर्सबाट खेल्थे । उनले अहिले खेलिरहेको मुम्बई इन्डियन्सविरुद्ध उक्त सफलता हात पारेका थिए ।

एक दशकपछि उक्त प्रसंग आउँदा रोहित अहिले आफै चकित हुन्छन् ।

ओपनर ब्याट्सम्यान रोहितले आफ्नो करियरमा प्राप्त उक्त सफलतालाई अहिले पनि विश्वास गर्न कठिन रहेको बताउँछन् ।

सारा विश्व अहिले कोभिड १९ ले गर्दा लकडाउनमा रहेका बेला अष्ट्रेलियन ओपनर ब्याटिङ ब्याट्सम्यान डेविड वार्नसँग इन्स्टाग्रामलाई सेसनमा बोल्दै रोहितले यस्तो बताएका हुन् । ह्याट्रिक बारे सोधिएको प्रशनमा रोहितले भने म त्यो विश्वास गर्न सक्दिन । ‘साँच्चै मैले डेक्कन चार्जर्सबाट मुम्बई इन्डियन्सविरुद्ध खेल्दै ह्याट्रिक लिएको विश्वास गर्न सक्दिन,’ रोहितले भने, ‘मलाई त्यो पनि याद छैन कि मैले कसरी बलिङ गर्थेँ । मेरो औंलामा चोट लागेको थियो र मैले बल समेत राम्रोसँग समात्न सकेको थिएन । र अहिले मलाई लाग्छ यो बेला बलिङबाट टाढै रहनु राम्रो हो ।

२००९ मा रोहितले डेक्कनबाट खेलेका थिए । सेन्चुरिएनमा मुम्बई इन्डियन्सविरुद्ध भएको खेलमा उनले ह्याट्रिक विकेट लिए ।

उक्त खेलमा डेक्कले पहिला ब्याटिङ गर्दै २० ओभरमा ६ विकेट गुमाएर १४५ रन बनाएको थियो । रोहितले ब्याटिङमा ३८ रन बनाएका थिए ।

उक्त टोटल डिफेण्ड गर्ने क्रमम डेक्कनले १६ ओभरको खेलसम्म मुम्बईको ४ विकेट झारिसकेको थियो जतिबेला मुम्बईले १०३ रन बनाएको थियो । तर रोहितले खेलको समिरकण नै बदली दिए । उनले १६औं ओभरको अन्तिम दुई बलमा अभिषेक नायरलाई १ रन र हर्भजन सिंहलाई शुन्यमा आउट गरे ।

यस्तै १८औं ओभरको पहिलो बलमा रोहितले जेपी डुमिनीलाई आउट गर्दै ह्याट्रिक विकेट पूरा गरे । त्यसपछि डेक्कनको जितपनि निश्चित भएको थियो ।

मुम्बईले २० ओभरमा १२६ रन मात्र बनाउन सकेपछि डेक्कन १९ रनले विजयी भयो । रोहितले आफ्नो २ ओभर स्पेशलमा ६ रन मात्र खर्चेर ४ विकेट लिए ।

अहिले मुम्बई इन्डियन्सका यी ओपनिङ ब्याट्सम्यानले सर्वाधिक पटक आईपीएल जितेका छन् । सन् २००९ मा डेक्कनका लागि पहिलो पटक आईपीएल जितेका रोहितले मुम्बई इन्डियन्सबाट ४ पटक उपाधि उचालिसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment