+
+
Shares

दिल्लीबाट हिँडेरै जोगवनी, भारतीय प्रहरीले सीमा कटायो

हरि अधिकारी हरि अधिकारी
२०७७ वैशाख ३० गते १२:४०

३० वैशाख, विराटनगर । भारतको नयाँ दिल्लीबाट ११ दिनको पैदल यात्रापछि ११ युवा विराटनगरको सीमावर्ती क्षेत्र रानी आइपुगेका छन् ।

लकडाउनका कारण खान समस्या भएपछि उनीहरू ११ दिन पैदल र केही स्थानमा ट्रक चढेर नेपाली भूमि आएका हुन् ।

राति करिब १२ बजे सीमावर्ती क्षेत्र जोगवनी आइपुगेकाहरूलाई भारतीय प्रहरीले दुई बजे चोरबाटो हुँदै नेपाल पठाएको छ। नेपाल प्रवेश गरेका उनीहरूले भारतीय प्रहरीले नेपाल नगए कुट्ने बताएपछि उनीहरूले देखाएकै बाटो भएर आएको बताएका छन् ।

दुई बजे नेपाल प्रवेश गर्ने दिल्लीबाट आएका ११ र अन्य चारजनालाई नेपाल प्रहरीले सीमावर्ती क्षेत्रमा रोकेर राखेको छ। इलाका प्रहरी कार्यालय रानीका प्रहरी निरीक्षक दीपक थापाका अनुसार राति दुई बजे नेपाल प्रवेश गर्नेमा ११ जना दिल्लीबाट हिँडेर आएका र चार जना बिहारको छप्रा जिल्लाबाट आएका छन् ।

नेपाल प्रवेश गरेपछि स्थानीय प्रशासनको समन्वयमा क्वारेन्टाइनमा राख्ने तयारी भइरहेको उनले बताए । उनका अनुसार नेपाल आइपुगेकामध्ये झापाका चार जना, मोरङका दुई जना र सुनसरीका नौ जना छन् ।

नेपाल आएकालाई विराटनगर महानगरपालिका-१६ हुलास मेटल उद्योगमा रोकेर राखिएको छ। उनीहरूलाई विराटनगर १६ का वडाध्यक्ष मनोज सुब्बाले खाजा र खानाको व्यवस्था गरेका छन् । भारतले जोगवनीमा निर्माण गरेको क्वारेन्टाइनमा करिब ६० जना नेपाली छन् ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
लेखक
हरि अधिकारी

अधिकारी अनलाइनखबरका विराटनगरस्थित संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?