Comments Add Comment

एकै दिन ५७ जनामा कोरोना संक्रमण पुष्टि, स्वास्थ्यकर्मी पनि संक्रमित

३० वैशाख, काठमाडौं । नेपालमा एकै दिन ५७ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । थपिएका संक्रमितमध्ये ३९ जना पर्साका छन् ।

यस्तै रुपन्देहीका ९, कपिलवस्तुका ८ र बाराका १ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले जानकारी दिए ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १९१ पुगेको छ । उनीहरु मध्ये ३३ जना निको भएका छन् ।

दुई पत्रकार पनि संक्रमित

पर्सामा थपिएका संक्रमितमध्ये २५ जना वीरगञ्ज महानगरपालिकाका छन् । उनीहरु छपकैया, इनरवा, घुसुकपुर र नग्वा क्षेत्रका हुन् । र, १२ बर्षदेखि ५३ बर्ष उमेरका छन् ।

दुई जना वीरगञ्जका पत्रकार समेत छन् । नेपालमा पहिलो पटक पत्रकारमा संक्रमण पुष्टि भएको हो ।

यस्तै छिपरमाई गाउँपालिकाको मंगल माध्यमिक विद्यालयको क्वारेन्टाइनमा बसका १४ जना संक्रमित छन् । उनीहरु १३ वैशाखमा बागलुङबाट पर्सा आइपुगेका थिए ।

बाराको बिश्रामपुर गाउँपालिकाका संक्रमित १४ बर्षीय किशोर हुन् । छपकैयाका संक्रमितको कट्याक ट्रेसिङका क्रममा उनको थ्रोट स्वाब संकलन गरिएको थियो ।

कोरोना संक्रमितको संख्या बढेसँगै पर्साबारा प्रशासनले निषेधाज्ञा समेत जारी गरेका छन् ।

स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण

यस्तै कपिलवस्तुमा थपिएका ८ जना संक्रमितमध्ये एक जना २५ वर्षीया स्वास्थ्यकर्मी समेत छिन् । नेपालमा पहिलो पटक स्वास्थ्यकर्मीमा संक्रमण पुष्टि भएको हो ।

तौलिहवा अस्पतालमा कार्यरत ९ जनाको स्वाब संकलन गरिएको थियो । त्यसमध्ये एक जनामा संक्रमण पुष्टि भयो भने ८ जनाको रिपोर्ट नेगेटिभ आएको छ । अस्पतालमा स्थायी र करार गरी ६७ जना स्वास्थ्यकर्मी काम छन् ।

मंगलबार थपिएका सबै संक्रमित कपिलवस्तु नगरपालिकाका बासिन्दा हुन् । यसससँगै कपिलवस्तुमा मात्र कोरोना संक्रमितको संख्या २९ पुगेको छ ।

संक्रमित स्वास्थ्यकर्मीसहित ७ जनालाई मंगलबार नै बुटवलस्थित प्रदेश कोरोना अस्पताल लगिएको छ । उनीहरुसँग सम्पर्कमा अस्पताल सम्पर्कमा आएकाहरुलाई क्वारेन्टाइनमा राखिने प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले जानकारी दिए ।

भारतबाट आएका थिए ९ संक्रमित

यस्तै रुपन्देहीमा भेटिएका नौ जना संक्रमित लुम्बिनी सांस्कृतिक नगरपालिकाका बासिन्दा हुन् । वडा नंं ४, ५, ७, ११ र १२ का उनीहरू १७ देखि ५० वर्ष उमेरका पुरुष हुन् ।

उनीहरू सबै लकडाउनको समयमा भारतको मुम्बई र कानपुरबाट नेपाल-भारत सीमा क्षेत्र दशगजासम्म आइपुगेका थिए । यससँगै रुपन्देही जिल्लामा मात्र कोरोना संक्रमितको संख्या १६ जना पुगेको छ ।

तथ्यांकमा काेराेना - नेपाल

संक्रमित २१७
निको भएको३४
मृत्यु
अपडेटः २०७७ वैशाख ३० । स्रोतः स्वास्थ्य तथा जनसंख्या मन्त्रालय

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment