Comments Add Comment

गोरखामा बैंक खुल्न नदिइने, गाडीमा जिल्लाबाहिर जान प्रतिबन्ध

३१ वैशाख, गोरखा । गोरखामा बिहीबारदेखि लकडाउनलाई थप कडा पारिएको छ । विहीबारदेखि बैंक तथा वित्तीय संस्था, बिमा र सहकारी कार्यालयको सेवा बन्द गर्ने र सवारी साधनलाई जिल्ला भित्रन र बाहिर जान बन्द गरिएको छ ।

जिल्ला प्रशासन कार्यालयमा वुधबार बसेको सर्वपक्षीय बैठकले जिल्ला भित्रिने र बाहिरिने सवारी साधनमा पनि कडाइ गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले बताए ।

‘बिरामी बोकेको एम्बुलेन्स, दुर्घटनामा परी तत्काल उपचार आवश्यक परेका बिरामी बोकेको सवारी, लास एवं मलामी तथा किरियापुत्री बोकेको सवारी, स्वास्थ्यकर्मी र सुरक्षाकर्मी, प्रेस पास भएका सञ्चारकर्मी तथा वडाध्यक्ष वा सो भन्दा माथिका जनप्रतिनिधिबाहेक अन्य सवारीलाई जिल्ला भित्र बाहिर गर्न रोक लगाउने निर्णय गरेका छौ,’ उनले भने ।

खाद्यान्न, तरकारी, पशुपंक्षीका दाना, औषधी उपकरण तथा माछामासुका पसल बाहेक अन्य पसल खोल्न नपाउने प्रजिअ पौडेलले बताए । जिल्लाबाट अर्काे जिल्ला जाने गरी यस अघि जारी गरिएको सबै इ–पास लगायतका सबै सवारी पासहरु खारेज गरिएको उनले जानकारी गराए ।

‘एक जिल्लाबाट अर्काे जिल्ला जानका लागि सवारी पास चाहिएमा पास जारी गर्ने जिल्लाले पुग्ने जिल्लाका प्रमुख जिल्ला अधिकारीको स्वीकृति अनिवार्य लिनुपर्नेछ,’ उनले भने । काठमाडौ जानका लागि पास आवश्यक परेमा गृहमन्त्रालयको स्वीकृति अनिवार्य रहेको उनले बताए ।

लकडाउन उल्लघंन गर्नेलाई कानून अनुसार कारवाही गरिने उनले चेतावनी दिए । भारतलगायत अन्य मुलुकबाट आउन सक्ने मानिसको व्यवस्थापनको तयारी गर्न स्थानीय तहहरुलाई बैठकले आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment