+
+
Shares

घरधनीलाई वडाध्यक्षको निर्देशन–कोरोना परीक्षणविना कसैलाई पनि घरमा नराख्नू

अनलाइनखबर अनलाइनखबर
२०७७ वैशाख ३१ गते १८:०६

३१ वैशाख, काठमाडौ । भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नम्बर ५ ले कोरोना परीक्षणविना कसैलाई पनि घरमा नराख्न सम्बन्धित आफ्नो वडाभित्रका सबै घरबेटीहरूलाई निर्देशन दिएको छ। लकडाउनअघि घर गएका र बीचमा विभिन्न तरिकाले उपत्यका छिरेका सबैलाई स्वास्थ्य परीक्षणविना घरमा नराख्न घरधनीहरूलाई वडापालिकाले निर्देशन दिएको हो ।

‘विभिन्न तरिकाले उपत्यका छिरेका जो कोहीलाई पनि स्वास्थ्य परीक्षणविना घरमा नराख्न सरोकारवाला घरधनीहरुलाई जानकारी गराउन चाहन्छौं,’ वडाध्यक्ष राजकुमार जोशीले बुधबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘साथै आएकाहरूलाई पनि कम्तीमा १४ दिन होम क्वारेन्टाइनमा राख्ने व्यवस्था मिलाउनुहुन अनुरोध गरिन्छ ।’

लकडाउनकै समयमा एक सय जनाभन्दा बढी मानिसहरू वडामा भित्रिएको खबर आएपछि संक्रमण फैलिन नदिन यस्तो निर्णय गरिएको उनले बताए । लकडाउनको समयमा उपत्यका बाहिरबाट भित्रिएका सबै जनालाई कोरोना परीक्षणका लागि आग्रह गरिसकिएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?