
३१ वैशाख, काठमाडौं । कपिलवस्तुमा भेटिएका ८ जना कोरोना संक्रमित मध्ये चार जना सुरक्षाकर्मी भएको पाइएको छ ।
उनीहरु मध्ये दुई जना नेपाल प्रहरीका सई र हवल्दार छन् भने एक जना सशस्त्र प्रहरी बलका सई र अर्का एक जना राष्ट्रिय अनुसन्धान विभागका असई छन् ।
उनीहरु कपिलवस्तुमा यसअघि भेटिएका कोरोना संक्रमितको सम्पर्कमा रहेको स्रोतको भनाइ छ ।
स्रोतले भन्यो, ‘उहाँहरु कोरोना संक्रमितको स्वाब संकलन लगायतका प्रक्रियामा खटिनु भएको थियो ।’
मंगलबार कपिलवस्तुकी एक जना स्वास्थ्यकर्मीमा पनि कोरोना भाइरसको संक्रमण भेटिएको थियो ।
बुधबार रुपन्देही, कपिलवस्तु, पर्सा र नवलपरासीमा गरी २४ जनामा कोरोना भाइरसको संक्रमण भेटिएको छ । योसँगै कोरोना संक्रमितको संख्या २ सय ४३ पुगेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4