Comments Add Comment

प्रभाषसँग काम गर्दै भाग्यश्री

चलचित्र ‘मैने प्यार किया’बाट बलिउडमा प्रवेश गरेकी नायिका भाग्यश्री यसपछि भने पर्दाबाट हराइन् । उनी, आफ्नै घरायसी जीवनमा नै बढी व्यस्त देखिएकी थिइन् ।

तर, अब भने उनले ठूलो पर्दामा कमब्याकको तयारी गरेकी छिन् । एक भारतीय मिडियासँग कुरा गर्दै भाग्यश्रीले २ वटा कथा पढिरहेको बताएकी छिन् । उनले भनेकी छिन्–‘हो, म यतिबेला २ वटा कथा पढिरहेकी छु । एउटा चलचित्र नायक प्रभाषसँग छ ।’

उनले, चलचित्रको विषयमा कुनै पनि जानकारी अहिले नै दिन नमिल्ने पनि बताएकी छिन् । तर, लकडाउन खुलेलगतै एक चलचित्रको छायांकन सुरु हुने उनको तर्क छ ।

भाग्यश्रीका अनुसार, उनका २ सन्तानले नै उनलाई चलचित्रमा फर्किनका लागि सुझाव दिएका थिए । भाग्यश्रीका छोरा अभिमन्यु देसाईले अभिनय गरेको चलचित्र ‘मर्दको दर्द नही होता’ टोरन्टो फिल्म फेस्टिभलमा प्रदर्शन भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment