+
+

कांग्रेस संसदीय दलको बैठक शनिबार बस्ने

अनलाइनखबर अनलाइनखबर
२०७७ जेठ १ गते १६:४८

१ जेठ, काठमाडौं । नेपाली कांग्रेसले जेठ ३ गते शनिबार संसदीय दलको बैठक बोलाएको छ । सरकारले नीति तथा कार्यक्रम जारी गर्ने भोलिपल्ट प्रमुख प्रतिपक्षी दलको बैठक बस्न लागेको हो ।

संसदीय दलको बैठक मिति शनिबार दिउँसो साढे १ बजे संघीय संसद भवन, बानेश्वरस्थित ल्होत्से हलमा बस्ने कांग्रेस संसदीय दलको कार्यालयले जनाएको छ ।

शुक्रबार अपरान्ह ४ बजे संसदमा राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यसूची छ ।

त्यसको भोलिपल्ट बस्ने कांग्रेस संसदीय दलको बैठकले समसामयिक राजनीतिका साथै सरकारको नीति तथा कार्यक्रमका विषयमा पनि आफ्नो धारणा बनाउने नेताहरुले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?