+
+
Shares

विराटनगरबाट कोरोना जितेर थप एक जना डिस्चार्ज

अनलाइनखबर अनलाइनखबर
२०७७ जेठ १ गते २०:१४

१ जेठ, विराटनगर । कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमित भएका थप एक जना निको भएका छन् ।

कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा उपचाररत २५ वर्षीय जमाती महम्मद अदुबकर सुल्तान निको भएर डिस्चार्ज भएका हुन् । यससँगै प्रदेश १ मा निको हुनेको संख्या १७ पुगेको छ ।

५ वैशाखमा उदयपुरको त्रियुगा नगरपालिका– ३ भुल्केमा उनीसहित १२ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

२७ दिनको उपचारपछि डिस्चार्ज भएका उनलाई रानी मरकजको क्वारेन्टाइनमा राखिएको स्वास्थ्य कार्यालय मोरङका प्रमुख तथा कोभिड अस्पताल व्यवस्थापन संयोजक ज्ञानबहादुर वस्नेतले जानकारी दिए ।

अस्पतालमा अब १८ जना उपचाररत रहेका छन् । सबैको अवस्था सामान्य छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?