+
+
Shares

६ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या २४९

अनलाइनखबर अनलाइनखबर
२०७७ जेठ १ गते २०:३५

१ जेठ, काठमाडौं । बिहीबार साँझ थप थप तीन जनामा कोरोना संक्रमण पुष्टि भएपछि विहीबार एकै दिन ६ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा २, कपिलवस्तु, नवलपरासी पूर्व, धनुषा र धादिङका १/१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा काठमाडौं दहचोक निवासी ७ वर्षीय बालक, चन्द्रागिरि नगरपालिकाका ३२ वर्षका पुरुष, धनुषा निवासी १७ वर्षीय महिला,  कपिलवस्तुकी ६ वर्षीया बालिका, धादिङ निवासी ३० वर्षीया महिला र नवलपरासीका ४९ वर्षका पुरुषमा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले जानकारी दिएका छन् ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २४९ पुगेको छ ।

कपिलवस्तु घर भएकी ६ वर्षकी बालिका काठमाडौंको त्रिवि शिक्षण अस्पतालमा उपचाररत छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?