Comments Add Comment

कांग्रेसले बनायो विनोद चौधरीको नेतृत्वमा विशेष समिति

लगानी, पूर्वाधार र रोजगारीमा परेको असर अध्ययन गर्ने

२ जेठ, काठमाडौं । प्रमुख विपक्षी दल नेपाली कांग्रेसले कोरोना महामारीका कारण नेपालको लगानी, पूर्वाधार र रोजगारको क्षेत्रमा परेको असर अध्ययन गर्नका लागि उद्योगपति विनोद चौधरीको संयोजकत्वमा १५ सदस्यीय समिति गठन गरेको छ ।

लगानी, पूर्वाधार र रोजगार दृष्टिकोण एवं दिगो परियोजना केन्द्रित बिशेष समितिका सदस्यहरुमा दीपक खड्का, उमेश श्रेष्ठ, ईन्द्र बानियाँ, टेकबहादुर गुरुङ, कर्मा घले, जिपछिरिङ लामा रहेका छन् ।

त्यस्तै छत्र गिरि, सूर्यबहादुर केसी, मोहन आचार्य, तेजुलाल चौधरी, अनिल रुङ्गटा, विष्णुबहादुर खड्का, पूर्णबहादुर तामाङ र खगेश्वर बोहरा पनि सदस्य छन् । समितिमा सदस्य संख्या २१ जना नबढ्ने गरी थप्न सकिने नेपाली कांग्रेसले विज्ञप्ति निकालेर जनाएको छ ।

यो समितिले कोरोनाका कारण नेपालको लगानी, पूर्वाधार र रोजगारको क्षेत्रमा परेको असरलाई तत्कालीन र दूरगामी रूपमा सम्बोधन गर्न सकिने नीतिबारे आवश्यक अध्ययन पश्चात् पार्टीको ‘अर्थतन्त्र केन्द्रित बिशेष समिति’ लाई सुझाव दिनेछ ।

त्यस्तै दीर्घकालीन रूपमा लगानी, पूर्वाधार र रोजगारको क्षेत्रमा दूरगामी दृष्टिकोण साथ दिगो परियोजनाहरुको परिकल्पना र कार्यान्वयनमा भूमिका निर्वाह गर्ने पनि कांग्रेसले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment