Comments Add Comment

राष्ट्रपतिले सच्याइन् ‘मेरो सरकार’

२ जेठ, काठमाडौं । गतवर्ष संसदमा नीति तथा कार्यक्रम प्रस्तुत गर्ने क्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले ‘मेरो सरकार’ भन्ने पदावलीको प्रयोग गरेकी थिइन् । यस वर्ष भने राष्ट्रपतिले आफ्नो सम्वोधन सच्याएकी छिन् ।

शुक्रबार दुबै सदनको संयुक्त बैठकलाई सम्वोधन गर्नेक्रममा राष्ट्रपति भण्डारीले ‘मेरो सरकार’ नभनी ‘यो सरकार’ मात्र भनिन् ।

राष्ट्रपतिले संसदमा वाचन गर्ने सरकारको नीति तथा कार्यक्रम उनले आफूले लेखेको नभएर सरकारले दिएको पुस्तिका पढ्ने हो । यसअर्थमा गत वर्ष उनले ‘मेरो सरकार’ भन्नुमा उनी स्वयं जिम्मेवार नभएर प्रधानमन्त्री केपी शर्मा ओली नै जिम्मेवार थिए ।
राष्ट्रपतिले ‘मेरो सरकार’ भनेकोमा प्रधानमन्त्री ओलीले त्यसको बचाउ गरेका थिए । विदेशमा पनि मेरो सरकार भन्ने प्रचलन रहेको भन्दै प्रधानमन्त्री ओलीले आलोचकहरुलाई युट्युवहरु हेर्न सुझाएका थिए ।

तर, प्रधानमन्त्री ओलीले यसपालिको नीति तथा कार्यक्रममा गत वर्ष आफैंले वकालत गरेको ‘मेरो सरकार’ पदावली प्रयोग गरेनन् । अन्ततः सरकार ‘मेरो सरकार’ पदावली प्रयोग गर्नु ठीक थिएन भन्ने निश्कर्षमा पुगेको छ ।

गणतन्त्रतात्मक व्यवस्थामा जननिर्वाचित सरकारलाई राजाका पालामा जस्तै ‘मेरो सरकार’ भन्नु शोभनीय नहुने भन्दै गत वर्ष विपक्षी दलले समेत आलोचना गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment