Comments Add Comment

काठमाडौंका सरसफाइ गर्ने ३१ जनाकाे आरडीटी पोजेटिभ

पीसीआर परीक्षणको नतिजा आउँदै

२ जेठ, काठमाडौं । काठमाडौंका सफाइ कर्मचारी र महिला स्वास्थ्य स्वयंसेविकामा शुक्रबार कोरोना संक्रमण परीक्षण गरिएको छ ।

काठमाडौं महानरपालिकाको वातावरण व्यवस्थापन विभाग मातहत कार्यरत ९३४ जना कर्मचारीमध्ये ६६४ जनाको आरडीटी (र्‍यापिड डाइग्नोष्टिक टेष्ट) र २६८ जनाको पीसीआर (पोलिमेयर चेन रियाक्सन) बिधिबाट कोरोना भाइरस परीक्षण गरिएको हो।

आरडीटी परीक्षण गरिएकामध्ये ३ जना महिला स्वास्थ्य स्वयंसेविकासहित १६ जना पुरुष र १५ जना महिला गरी ३१ जनाकोआरडीटी पोजेटिभ देखिएको महानगरपालिकाले जनाएको छ । आरडीटी परीक्षणमा पोजेटिभ नतिजा देखिएका कर्मचारीको पीसीआर परीक्षणका लागि थ्रोट स्वाब संकलन गरिएको महागरपालिकाका प्रवक्ता ईश्वरमान डंगोलले जानकारी दिए ।

साथै उनीहरूलाई टेकुस्थित वातावरण व्यवस्थापन विभागको भवनमा क्वारेन्टाइनमा राखिएको विभागका प्रमुख हरिकुमार श्रेष्ठले जानकारी दिए ।

सफाइ कर्मचारीमध्ये बढी उमेरका, दीर्घ रोगको औषधि खाइरहेका र कमजोर स्वास्थ्य अवस्था भएकाहरुको पीसीआर विधिबाट परीक्षण गरिएको थियो भने अन्य कर्मचारीको आरडीटी विधिबाट परीक्षण गरिएको थियो ।

महानगरपालिकाले बिहीबार कालीमाटी तरकारी बजारमा गरिएको पीसीआर परीक्षणमा कसैमा पनि संक्रमण पुष्टि भएको छैन । आरडीटी परीक्षणबाट एन्टीबडी पोजेटिभ देखिएकाहरुको पीसीआर परीक्षण गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment