Comments Add Comment

शुक्रबारदेखि हराइरहेका व्यक्ति पुल्चोकमा फेला परे

३ जेठ, काठमाडौं । शुक्रबारदेखि परिवारका सदस्यबाट सम्पर्कविहीन भएका ८० वर्षीय अर्जुनप्रसाद अधिकारी ललितपुरको पुल्चोकमा फेला परेका छन् । उनी निदान अस्पतालको अगाडि सडक किनारमा लडिरहेको अवस्थामा फेला परेका हुन् ।

उनका छोरा प्रकाश अधिकारीले शंखमुलका एक जना व्यक्तिले दिएको सूचनाका आधारमा पछ्याउँदै जाँदा पुल्चोकमा शनिबार बिहान करिब पौने १० बजेतिर बुवालाई फेला पारेको जानकारी दिए ।

एक दिन पूरै भौकै रहँदा कमजोरी भएको तर अवस्था सामान्य रहेको उनले बताए । ‘रातभरि सडकमै हुनुभयो, भोकै हुनुभयो । लडेकाले अलिकति चोट पनि लागेको छ । तर अवस्था सामान्य छ,’ उनले अनलाइनखबरसँग भने, ‘गाडी मगाएर अब घर लैजाँदै छौं ।’

रौतहटको चन्द्रपुर घर भइ काठमाडौंको बल्खु बस्दै आएका ८० वर्षीय अधिकारी शुक्रबार बिहान करिब साढे ७ बजे मर्निङ वाकका लागि भनेर निस्किएका थिए । अधिकारी बेपत्ता भएपछि उनका परिवारका सदस्यहरुले महानगरीय प्रहरी परिसर, टेकुमा खोजतलासका लागि निवेदन दिएका थिए । त्यसपछि प्रहरीले उनको खोजीका लागि हुलियासहित मातहतका विभिन्न प्रहरी कार्यालयमा परिपत्र गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment