
२ जेठ, काठमाडौं । रौतहटको चन्द्रपुर घर भइ काठमाडौंको बल्खु बस्दै आएका एक जना वृद्ध हराएका छन् ।
शुक्रबार बिहान साढे ७ बजे मर्निङ वाकका लागि भनेर निस्किएका ८० वर्षीय अर्जुनप्रसाद अधिकारी हराएका हुन् ।
अधिकारी बेपत्ता भएपछि उनका परिवारले महानगरीय प्रहरी परिसर, टेकुमा खोजतलासका लागि निवेदन दिएका छन् । उनलाई देख्नेले नजिककै रहेको प्रहरी कार्यालयमा सम्पर्क गरिदिनु हुन परिवारले अनुरोध गरेको छ ।
अधिकारीले खैरो ट्रयाक सुट र ढाका टोपी लगाएका छन् । काठमाडौं प्रहरीले पनि उनको खोजीका लागि मातहाका विभिन्न प्रहरी कार्यालयमा हुलिया परिपत्र गरिसकेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4