Comments Add Comment

९ महिनामा नेपाल टेलिकमको आम्दानी घट्यो

३ जेठ, काठमाडौं । यो वर्ष नेपाल टेलिकमको आम्दानी ओरालो लागेको छ । कम्पनीले कोरोना कारण गरिएको लकडाउनका कारण कम्पनीको आय घटेको दावी गरेको छ । यसले कम्पनीको मुनाफाको वृद्धिमा पनि धक्का लागेको छ ।

चालु आर्थिक वर्ष २०७६/०७७ को तेस्रो त्रैमासिकसम्मको वित्तीय विवरण अनुसार कम्पनीले गत वर्षको समीक्षा अवधिको भन्दा ६६ करोड ९४ लाख २९ हजार ९०७ रुपैयाँ कम आय गरेको छ ।

सार्वजनिक विवरणअनुसार चैतसम्म् कम्पनीले २६ अर्ब ८३ करोड, ६६ लाख ४५ हजार २७२ रुपैयाँ आयआर्जन गरेको छ । बितेको आर्थिक वर्षमा यस्तै अवधिमा कम्पनीले सेवाबापत २७ अर्ब ५० करोड ६० लाख ७५हजार १७९रुपैयाँ कमााएको थियो ।

कम्पनीले गत चैत्र १ देखि कम्पनीले रिचार्ज कार्डको बिक्रीमा कमिसनको सट्टा छुट गणना गर्न शुरु गरेको भन्दै कमिसन कूल बिक्रीलाई हिसाब गरिसकेपछि प्रदान गरिने तर छुट बिक्री अघि प्रदान गरिने हुँदा डिस्काउन्टको कारणले पनि सेवा वापतको आय घटेको कम्पनीको दावी छ ।

कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिकसम्म ८५ करोड ३३ लाख ४४हजार २७३ रुपैयाँ दिइएको कम्पनीले जानकारी दिएको छ । ‘गत वर्षको आम्दानीसँग तुलना गर्दा यो रकम पनि हिसाब गर्नुपर्छ,’ कम्पनीले भनेको छ ।

यसरी चालु आर्थिक वर्षको तेस्रो त्रैमासिकसम्मको कूल आयमा माथि उल्लेखित छुट पनि सम्मिलित गर्दा कूल आय गत वर्षको सोही अवधिको तुलनामा करिब रू. १८ करोडले बढी हुने कम्पनीको दावी छ ।

कोरोना भाइरसको महामारी नियन्त्रणको लागि चैत्र ११ देखि घोषणा गरिएको लकडाउनको कारणले चैत्र महिनाको राजस्वमा नकारात्मक असर परेको पनि कम्पनीले बताएको छ ।
लकडाउनको अवधिमा चैत्र २०७६ भित्र कम्पनीले टपअपमा प्रदान गरेको बोनस रकम ५३.४ करोड बराबरको भएको टेलिकमले दावी गरेको छ ।

‘सोही अवधिमा शुन्य व्यालेन्स भएका मोबाइल प्रयोगकर्ताहरूलाई ५.३ करोड बराबरको जिरो व्यालेन्स प्याकेज प्रदान गरिएको छ,’ कम्पनीले भनेको छ,’मोबाइल सेवाको आधारभूत दरमा २७प्रतिशत देखि ३० प्रतिशतसम्म छुट प्रदान गरिएकोछ, जुन रू. ८.२ करोड बराबरको हुन्छ ।’

लकडाउनको कारण कम्पनीको आयमा ६६.९ करोड बराबरको आयमा असर परेको दावी टेलिकमले छ ।

समीक्षा अवधिमा विदेशी विनिमयदर (अमेरिकी डलर लगायत) मा भएको वृद्धि तथा बाहृय श्रोतबाट प्राप्त जनशक्तिको न्यूनतम ज्यालादरमा भएको वृद्धि, फोरजी विस्तार संगै घरभाडा, बिजुली आदिको खर्चमा भएको वृद्धि, नेटवर्क तथा सेवा विस्तारको क्रममा टिम परिचालनको लागि लाग्ने खर्च वृद्धि आदिको कारण पनि व्ययभार बढ्न गई मुनाफामा असर परेको कम्पनीको तर्क छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment