Comments Add Comment

कोरोना अपडेट : ९२ हजारमा परीक्षण, क्वारेन्टाइनमा १६३६६ जना

संक्रमितको संख्या २८१ पुग्यो, सुत्केरीले ज्यान गुमाइन्

३ जेठ, काठमाडौं । हालसम्म नेपालमा ९२ हजार ४४० जनामा कोरोना परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ ।

गत माघदेखि अहिलेसम्म आइपुग्दा कोरोना संक्रमणबाट नेपालमा एकजनाको मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार कोरोना संक्रमितको कुल संख्या शनिबार साँझसम्म २८१ पुगेको छ ।

शनिबार एकै दिन १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बर्दियाकी २८ वर्षकी महिला, सिराहा सखुवा नान्कारकट्टीका ३० वर्षका पुरुष, पर्साको वीरगञ्ज महानगरपालिका- १२ का २८ र २९ वर्षका पुरुष, सर्लाही रामनगरकी १८ वर्षकी महिला र चितवन गढौली की २५ वर्षकी महिलामा  कोरोना संक्रमण पुष्टि भएको  छ ।

त्यस्तै कपिलवस्तुका थप ३ जनामा शिवराज नगरपालिकाको चन्द्रौटा निवासी २५, ३४, ४४ वर्षका पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

शनिबार नै  महोत्तरीमा दुईजना सैनिकमा पनि कोरोना पुष्टि भएको छ । २६ वर्षीय र ५२ वर्षीय सैनिकमा कोरोना पुष्टि भएको हो । यीमध्ये एकजना मध्यपूर्वी पृतनाका पृतनापति हुन् ।

शनिबार नै धनुषाका २० र ६५ वर्षका पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

संक्रमितमध्ये ३६ जना भने निको भएर डिस्चार्ज भएका छन् ।

९२ हजार बढीको परीक्षण

संक्रमण रोकथामका सरकारी प्रयासहरुबारे पछिल्लो तथ्यांक प्रस्तुत गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले भने, ‘पीसीआर विधिबाट गरिने परीक्षण आजसम्म २६ हजार ६९१ पुगेको छ । आरडीटी विधिबाट गरिने परीक्षणको संख्या ६५ हजार ७४९ पुगेको छ । दुबै मिलाएर आजसम्म कुल ९२ हजार ४४० जनाको परीक्षण भएको छ ।

पछिल्लो चौबीस घण्टामा पीसीआर विधिबाट २ हजार ५७९ जनामा कोरोना परीक्षण गरिएको देवकोटाले बताए । यस अवधिमा आरडीटी विधिबाट २ हजार ६६४ वटा परीक्षण भएको बताउँदै उनले भने, ‘पछिल्लो एकदिनमा ५ हजार २४३ वटा परीक्षणहरु सम्पन्न भएका छन् ।’

आइसोलेसनमा ३२० जना

मन्त्रालयका प्रवक्ता डा. देवकोटाका अनुसार कोरोना संक्रमित र सम्भावित संक्रमतिहरु गरी शनिबार साँझसम्म देशभरिबाट ३२० जना आइसोलेसनमा छन् ।

यसरी आइसोलेसनमा रहेका मध्ये ३२ जना उपत्यकामा छन् भने उपत्या बाहिर २८८ जना छन् ।

आइसोलेसनमा रहेका संक्रमित/सम्भावित संक्रमतिहरुमध्ये प्रदेश एकमा २४ जना छन् भने प्रदेश दुईमा १११ जना छन् । त्यसैगरी वागमती प्रदेशमा ६४ जना, प्रदेश पाँचमा ११५ जना र सुदुरपश्चिम प्रदेशमा ५ जना आइसोलेसनमा छन् । गण्डकी प्रदेशमा एकजना मात्र आइसोलेसनमा रहेको स्वास्थ्य मन्त्रालयले बताएको छ । कर्णाली बाहेकका ६ वटा प्रदेशमा गरी कुल ३२० जना आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ ।

क्वारेन्टाइनमा १६३६६ जना

मन्त्रालयले दिएको पछिल्लो विवरण अनुसार देशभरिमा क्वारेन्टाइनमा रहनेहरुको संख्या शनिबार साँझसम्म १६ हजार ३३६ जना छ ।

प्रदेश एकमा ९३८ जना क्वारेन्टाइनमा बसेका छन् भने प्रदेश दुईमा २ हजार ६३ जना र वागमती प्रदेशमा २ सय जना छन् ।

त्यसैगरी गण्डकी प्रदेशमा ३२६ जना क्वारेन्टाइनमा बसेका छन् । प्रदेश नम्बर पाँचमा १० हजार २२२ जनालाई क्वारेन्टाइनमा राखिएको छ । कर्णाली प्रदेशमा ९८९ जना र सुदूरपश्चिम प्रदेश–१० हजार ६२८ जना क्वारेन्टाइनमा छन् ।

आरडीटी परीक्षणको प्रादेशिक तथ्यांक

सरकारले पछिल्लो समय आरडीटी विधिबाट गरिने परीक्षणलाई जारी राखेको छ । हालसम्म ६५ हजार ७४९ जनामा आरडीटी विधिबाट कोरोना जाँच गरिएकोमा आरडीटी परीक्षणको प्रादेशिक तथ्यांक यस्तो छ–

प्रदेश एक– ९१११ जना ।

प्रदेश दुई– ५९८७ जना

वागमती प्रदेश– १०४५२ जना ।

गण्डकी प्रदेश– ६९३२ जना ।

प्रदेश पाँच– ८४९० जना ।

कर्णाली प्रदेश– ७३७२ जना ।

सुदूरपश्चिम प्रदेश– १७४०५ जना

(स्रोत : स्वास्थ्य तथा जनसंख्या मन्त्रालय)

यो पनि पढ्नुहोस कोभिड-१९ बाट नेपालमा पहिलो मृत्यु

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment