+
+
Shares

महाराष्ट्रमा मे ३१ सम्म लम्बियो लकडाउन

अनलाइनखबर अनलाइनखबर
२०७७ जेठ ४ गते १४:५५

४ जेठ, काठमाडौं । भारतको महाराष्ट्रमा कोरोना भाइरस (कोभिड-१९) नियन्त्रणको लागि लगाइएको लकडाउन मे ३१ सम्म बढाइएको छ । महाराष्ट्रको सरकारले कोरोना भाइरसको संक्रमण निरन्तर बढिरहेको भन्दै लकडाउन ३१ मे सम्म लम्ब्याउने निर्णय गरेको हो ।

भारतको केन्द्र सरकारले यसअघि घोषणा गरेको लकडाउनको अवधि आज सकिँदैछ । तर, प्रधानमन्त्री नरेन्द्र मोदीले लकडाउन अझै पनि जारी रहने बताइसकेका छन् । कहिलेसम्म जारी रहने हो भन्ने विषयमा भने कुनै जानकारी दिइएको छैन ।

भारतमा महाराष्ट्र कोरोना भाइरसबाट सबैभन्दा प्रभावित भएको राज्य हो । अहिलेसम्म यो राज्यमा ३० हजारभन्दा बढी मानिस संक्रमित भइसकेका छन् भने एक हजार एक सय ३५ जनाको मृत्यु भइसकेको छ । भारतमा करिब दुई महिनादेखि लकडाउन लगाइएको भए पनि संक्रमितको संख्या निरन्तर बढिरहेको छ ।

स्रोत : बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?