+
+
Shares

के प्रेममा छन् कट्रिना र बिक्की ?

अनलाइनखबर अनलाइनखबर
२०७७ जेठ ४ गते १४:१२

भारतीय मिडियामा कलाकारको प्रेमका बारेमा हुने चर्चा सामान्य नै हो । कलाकारहरू कुनै स्थानमा एकसाथ देखिए भने मिडियामा उनीहरू प्रेममा रहेको चर्चा सुरु हुन्छ ।

बलिउडमा केही समयदेखि नायिका कट्रिना कैफ र नायक बिक्की कौशलको प्रेम चर्चा सुरु भइरहेको छ । हुनत, यी दुईले आजसम्म प्रेममा रहेको स्वीकार भने गरेका छैनन् ।

नायक रणवीर कपुरसँग अलग भएपछि नायिका कैफ बिक्कीसँग नजिक भएको बताइन्छ । गतवर्षको तिहारमा एकसाथ एउटा पार्टीमा पुगेपछि उनीहरूबीच प्रेम चर्चा सुरु भएको हो । यसैबीच, शनिबार नायक कौशलको जन्मदिनको अवसरमा कट्रिनाले इन्स्टाग्राममा स्टाटस लेख्दै शुभकामना दिएकी छिन् । उनले लेखेकी छिन्–‘भगवानले तिम्रो जोस सधैं उच्च बनाइराखून् ।’

कट्रिनाको यो शुभकामनापछि भारतीय मिडियामा उनीहरूको प्रेम चर्चा झनै चुलिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?