+
+
Shares

इजरायलका लागि चिनियाँ राजदूत डू वेई अपार्टमेन्टमा मृत फेला

अनलाइनखबर अनलाइनखबर
२०७७ जेठ ४ गते १४:१७

४ जेठ, काठमाडौं । इजरायलका लागि चिनियाँ राजदूत डु वेई आफ्नै अपार्टमेन्टमा मृत फेला परेका छन् । इजरायली सञ्चारमाध्यमले दिएको जानकारी अनुसार तेल अभिभनजिकै हज्र्लियामा रहेको आफ्नै अपार्टमेन्टमा उनी मृत भेटिएका हुन् । ५८ वर्षीय वेईको मृत्यु के कारणले भएको हो भन्ने खुलेको छैन ।

उनी गत फेब्रुअरीमा मात्र चिनियाँ राजदूतको रुपमा इजरायल आएका थिए । वेईले यसअघि युक्रेनको लागि चिनियाँ राजदूतको रुपमा काम गरेका थिए । वेईको श्रीमती र एक छोरा छन् । तर, उनीहरु इजरायलमा नरहेको बताइएको छ । उनी तेल अभिभ नजिकै हज्र्लियामा बस्दै आएका थिए ।

इजरायलको विदेश मन्त्रालयले यो समाचारको पुष्टि गर्दै अहिले घटनाबारे अनुसन्धान भइरहेको बताएको छ ।

स्रोत : द जेरुसलेम पोस्ट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?