Comments Add Comment

न्युरोडको प्युखामा आगलागी

४ जेठ, काठमाडौं । काठमाडौंको न्युरोडमा आइतबार दिउँसो आगलागी भएको छ । न्युरोडको प्युखास्थिति एक पाँच तले घरमा आगलागी भएको हो ।

आगो लागेर विभिन्न पसलका सामान जलेका छन् ।

घरबाहिर बिजुलीको तार सर्ट भएर सुरु भएको आगलागीले घरको भुइँतलामा रहेको जुत्ता र झोला पसल, दोस्रो तलामा रहेको खेलकुद सामग्री पसल र त्यसमाथिका तलामा रहेका कपडा पसलमा क्षति पुगेको प्रहरीले जनाएको छ ।

आगो काठमाडौं महानगरपालिका, जुद्ध वारुण यन्त्रलगायतका दमकलको सहायतमा नियन्त्रणमा लिइएको छ ।

काठमाडौं प्रहरी परिसर, टेकुका प्रवक्ता डीएसपी राजकुमार केसीले आगो नियन्त्रणमा आइसकेको जानकारी दिए । आगोबाट पुगेको क्षति संकलन कार्य भइरहेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment