Comments Add Comment

सुदूरपश्चिममा २२ हजारको कोरोना परीक्षण

४ जेठ, डोटी । सुदूरपश्चिम प्रदेशमा हालसम्म २२ हजार दुई सय ९२ जनामा कोरोना परीक्षण गरिएको छ ।

प्रदेश सामाजिक विकास मन्त्रालयले आइतबार साँझ सार्वजनिक गरेको सूचना अनुसार हालसम्म पिसीआर बिधिबाट तीन हजार सात सय ९७ जना र १८ हजार सात सय ५४ जनाको र्‍यापिड डाइग्नोष्टिक टेष्ट (आरडीटी) विधिबाट परीक्षण गरिएको छ ।

प्रदेशका नौ वटै जिल्लामा गरी कुल तीन हजार एक सय ५० आरडीटी किट र आठ सय ११ भीटएम (भाइरल ट्रान्सपोर्ट मिडियम) स्टक रहेको जनाइएको छ ।

आइतबारसम्म प्रदेशका विभिन्न जिल्लामा गरी एक हजार चार सय एक पुरुष र एक सय ५८ महिला गरी एक हजार पाँच सय ५९ जना क्वारेण्टाइनमा रहेका छन् ।

सेती प्रादेशिक अस्पतालमा चार, बझाङ जिल्ला अस्पतालमा आठ, डोटी जिल्ला अस्पतालमा एक, बैतडी जिल्ला अस्पतालमा एक र बाजुरा जिल्ला अस्पतालमा तीन गरी १७ जना आइसोलेसनमा रहेका छन् ।

सुदूरपश्चिम प्रदेशमा हाल कुनै पनि व्यक्ति कोरोना संक्रमित नभएको मन्त्रालयले जनाएको छ । यसअघि प्रदेशभित्र देखिएका पाँच जना संक्रमितहरु निको भएर घर गइसकेका छन् । यस्तै आइसोलेसनमा राखी सामान्य उपचारपछि एक सय ४७ जना घर फर्किसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment