Comments Add Comment

मे ३१ सम्म लकडाउन लम्ब्याउने भारतको निर्णय

४ जेठ, काठमाडौं । भारतले कोरोना भाइरस (कोभिड–१९) नियन्त्रणका लागि लगाएकाे लकडाउन मे ३१ सम्म लम्ब्याउने निर्णय गरेको छ । भारतले चाैथाे चरणमा मे ३१ सम्मका लागि लकडाउन लम्ब्याउने निर्णय गरेको हो ।

भारतमा निरन्तर कोरोना भाइरसको संक्रमण बढेसँगै भारतले लकडाउन लम्ब्याउने निर्णय गरेको हो ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले यसअघि नै मुलुकमा लकडाउन बढ्ने घोषणा गरे पनि त्यहाँकाे डिजास्टर म्यानेजमेन्ट अथोरिटी (एनडीएम) ले लकडाउन मे ३१ सम्म लम्ब्याउन निर्देशन दिएको हो ।

यससँगै भारतको गृह मन्त्रालयले पनि यो चरणको लकडाउनको लागि दिशानिर्देश पनि जारी गरेको छ । जसअनुसार मे ३१ सम्म सबै घरेलु र अन्तर्राष्ट्रिय उडान बन्द रहने उल्लेख छ । साथै मेट्रो रेल सेवा पनि बन्द रहने र बेलुकाको ७ बजेदेखि बिहान ७ बजेसम्म कर्फ्यू जारी रहने बताइएको छ ।

भारतमा अहिलेसम्म ९० हजारभन्दा धेरै मानिसमा कोरोना भाइरसको संक्रमण पुष्टि भइसकेको छ ।  दुई हजार आठ सय ७२ जनाको मृत्यु भएकाे छ ।

स्रोत : बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment