Comments Add Comment

सम्बन्ध विच्छेदबारे अनौठा घटनाहरू

‘जीवनभर एकअर्काको साथ नछाड्ने’ वाचा गर्दै जोडिएका कतिपय दाम्पत्य जीवन नराम्ररी टुट्न पुग्छ । आखिर दम्पतीबीच किन हुन्छ सम्बन्ध विच्छेद ? यसमा एक मात्र जवाफ छैन । व्यवहारिक तालमेल नमिल्नु, एकअर्कामा विश्वासको कमी हुनु, पारिवारिक बेमेल हुनुदेखि विवाहेतर सम्बन्धसम्मले दम्पतीलाई सम्बन्ध विच्छेदको मोडमा पुर्‍याउँछ । यसले श्रीमान र श्रीमतीको जीवनलाई मात्र आघात पुर्‍याउँदैन, बालबच्चा, परिवार, आफन्तसमेतलाई नराम्ररी पिरोल्छ ।

सम्बन्धविच्छेद आफैँमा रमाइलो कुरा होइन । तर, यहाँ केही त्यस्ता प्रसंग उल्लेख गरिँदैछ, जो अनौठा छन् ।

इष्टमित्रसँग सामान्य झगडा भएपछि

भारत, अहदाबादको प्रसंग हो । विवाहकै दिन त्यहाँ दुलहा र दुलहीको सम्बन्धविच्छेद भयो । घटना के भएको थियो भने खानेकुरालाई लिएर दुलहा पक्षका युवतीले झगडा सुरु गरेकी थिइन् । सामान्य विषयमा भएको त्यही झगडाले यति उग्र रुप लियो कि अन्ततः विवाह गरिरहेका जोडी एकअर्काबाट अलग हुनुपर्‍यो ।

मामुली निहुँमा विच्छेद

कुवेतका एक जोडी अदालती विवाह गरेर अदालतबाट बाहिर निस्कदै थिए । त्यही क्रममा श्रीमतीको खुट्टा चिप्लियो । उनी लड्न पुगिन् । श्रीमानले उनलाई हात समातेर उठाउनुको साटो ‘कस्ती मूर्ख’ भनेर गाली गरे । मात्र यति कुराले श्रीमतीलाई निकै दु:खी बनायो । अन्ततः उनले कठोर निर्णय लिइन्, अलग हुने । उनी अदालततर्फ फर्केर पुन: सम्बन्धविच्छेदको प्रक्रियामा लागिन् । उनीहरूको दाम्पत्य जीवन एक दिन त के एक घण्टा पनि टिकेन ।

भोज बन्यो विच्छेदको कारण

भारतको मुम्बईस्थित अदालतमा एक भारतिय नौसैनिकले आफ्नी श्रीमतीसँग सम्बन्ध विच्छेद गर्न आवेदन दिएकी थिइन् । कारण एकदमै सामान्य थियो । ती पुरुषको आरोप थियो, ‘मेरी श्रीमतीले घरमा लगातार भोज आयोजना गर्छिन् ।’ त्यसो त उक्त पुरुष पनि नियमित जसो घरबाहिरको भोजमा सामेल हुने गरेको पाइयो।

फेसन बन्यो विच्छेदको कारण

मुम्बईमा एक व्यक्तिले आफ्नी श्रीमतीको पहिरनलाई निहुँ बनाएर अदालतमा सम्बन्धविच्छेदका आवेदन दिएका थिए । ती व्यक्ति आफ्ना श्रीमतीबाट यसकारण दु:खी थिए कि श्रीमतीले भारतीय परम्परागत पहिरन लगाउने नभई पाइन्ट सर्ट लगाउने गरेकी थिइन् ।

अत्याधिक यौन विच्छेदको कारण

यौन असन्तुष्टिको कारण सम्बन्ध विच्छेद हुने घटना धेरै पाइन्छ । तर, मुम्बईमा एक व्यक्तिले आफ्नी श्रीमतीको अत्याधिक यौन चाहनालाई निहुँ बनाएर सम्बन्धविच्छेद गर्ने निर्णय गरे । उनको भनाइअनुसार श्रीमतीमा अत्याधिक यौन इच्छा थियो । विवाह गरेयता उनी आफ्ना श्रीमानबाट कहिले पनि सन्तुष्ट नभएको बताउँथिन् । आफू बिरामी भएको अवस्थामा समेत श्रीमतीले यौन सम्पर्कका लागि दबाब दिने गरेको उक्त व्यक्तिले बताएका छन् ।

श्रीमतीले चिया बनाउन नमानेपछि

भारत इलाहाबादको अदालतमा यस्तो उजुरी परेको थियो । जसमा श्रीमतीले चिया बनाउन अस्वीकार गरेकोमा श्रीमानले सम्बन्धविच्छेद गर्ने निर्णय लिएका थिए । खासमा श्रीमानले साथीहरूका लागि चिया भनेकी थिइन् । श्रीमतीले अस्विकार गरिन् । जबकि उनीहरूको विवाह भएको डेढ महिना बितेको थिएन ।

विभिन्न स्रोतबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment