Comments Add Comment

परिवारसहित क्वारेन्टाइनमा नवाजुद्दिन

बलिउड कलाकार नवाजुद्दिन सिद्धिकी आफ्नो परिवारसहित होम क्वारेन्टाइनमा बसेका छन् । उनी आफ्नो परिवारसहित गृह नगर मुज्जफरनगर पुगेका थिए । लकडाउनको समयमा उनी आफ्नो गृहनगर पुगेका हुन् । उनी मे २५ तारिखसम्म होम क्वारेन्टाइनमा बस्नुपर्नेछ ।

उनी, आफ्ना भाइ, साली र आमाको साथमा मे ११ मा इद मनाउन पुगेका थिए । भारतीय मिडियाका अनुसार उनीहरूको कोरोना परीक्षणसमेत भइसकेको छ र सबैको रिपोर्ट नेगेटिभ आएको छ ।

बलिउडका अधिकांश कलाकार अहिले घरमै लक डाउनमा छन् । कलाकारहरूले सामाजिक सञ्जालमा चेतनामूलक भिडियोदेखि व्यायाम गर्दै गरेका तस्वीर पोस्ट गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment