Comments Add Comment

क्लासिक टेकका कर्मचारीलाई कोरोना बीमा

५ जेठ, काठमाडौं । क्लासिक टेक प्रालिले हाल कार्यरत कर्मचारीहरुको कोरोना बीमा गरेको छ । यस्तो विषम परिस्थितिमा इन्टरनेट सेवा अत्यन्त जरुरी भएको र निरन्तर रुपमा सेवा प्रदान गर्नु परेको हुनाले सबै कर्मचारीहरुले निरन्तर रुपमा पीपीई र सुरक्षा उपकरण प्रयोग गर्दै खटिरहेका छन् । त्यसैलाई ध्यानमा राखेर क्लासिक टेक प्रालिले आफ्ना कर्मचारीको कोरोना बिमा गराएको हो ।

लकडाउनको समयमा प्रायः सबै कम्पनीका कर्मचारीहरुले घरमै बसेर आफ्नो कामहरु गरिरहेका छन् । तर, कम्पनी र कार्यालयलाई मात्र इन्टरनेट सेवा जरुरत नभई आमजनताका जीवन मा पनि इन्टरनेटको सेवा अत्याबश्यक भएको छ ।

यस्तो विषम परिस्थितिको सामना गर्दै निरन्तर सेवामा खटिरहेका कर्मचारीहरुको उच्च मूल्यांकन गर्दै सेवामा थप उत्साह र उच्च मनोबलका साथ काम गर्न हौसला प्रदान गर्नका लागि यस्तो बीमा गरिएको कम्पनीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment