Comments Add Comment

सिसडोलबासीले मागे कोरोनाको परीक्षण, रोकिए फोहोर बोकेका गाडी

फाइल फोटो

५ जेठ, काठमाडौं । काठमाडौंको फोहोर विर्सजनमा फेरि समस्या परेको छ । ककनी गाउँपालिकाले एम्बुलेन्स बाहेकका सवारी आवत-जावतमा रोक लगाएपछि काठमाडौंको फोहोर रोकिने अवस्था आएको हो ।

लकडाउनको कडाइको बाहनामा सिसडोलमा फोहोर विसर्जनमा समेत अवरोध भएपछि काठमाडौं महानगरपालिकाले चिन्ता व्यक्त गरेको छ । ककनी गाउँपालिकाले स्थानीयको स्वस्थ्य परीक्षणको माग गर्दै फोहोर विसर्जन गर्न रोक लगाएको हो ।

महानगरपालिकाका वातावरण विभाग प्रमुख हरि श्रेष्ठले लकडाउनको अवज्ञा गर्दै उपत्यका आवतजावतले कोरोना संक्रमित बढेर उपत्यका अशान्त भैरहेका बेला उपत्यकाको फोहोर विसर्जन अवरोध भएको भन्दै चिन्ता व्यक्त गरे ।

‘ककनी गाउँपालिकाले अति आवश्यक एम्बुलेन्स बाहेक सवारी आवत-जावतमा रोक लगाएको सूचना जारी गरेको छ । फोहोर बोक्ने गाडी अत्यावश्यक भित्रै पर्छन् । तर, सवारी आवत-जावतमा रोक लगाउने नाममा उपत्यकाबाट फोहोर बोकेर जाने गाडीहरुलाई समेत अवरोध गरेका कारण फोहोर व्यवस्थापनमा थप समस्या भएको छ,’ उनले भने ।

वातावरण विभाग प्रमुख श्रेष्ठले मागहरु बारे महानगरपालिका बसेर छलफल गर्न तयार रहेको भन्दै फोहोर व्यवस्थापनमै अवरोध गर्ने कुरा उचित नभएको बताए । तर, विभिन्न बाहनामा फोहोर विसर्जनमा अवरोध गर्ने कुरा उचित नभएको श्रेष्ठको भनाइ छ ।

‘जनप्रतिनिधिले नै विज्ञप्ति निकालेर अवरोध गर्ने कुरा झन दुखद् हो । त्यसलाई जतिसक्दो छिटो हल गर्नुपर्छ,’ उनले भने । त्यहाँका जनप्रतिनिधि र स्थानीयलाई छलफलका लागि बोलाएको पनि जानकारी दिए ।

ककनी गाउँपालिकाका प्रमुख मानबहादुर लामाले सिसडोलबासीले कोरोना संक्रमणको डर बढिरहेका बेला स्वास्थ्य परीक्षणको माग गरेको र त्यो माग पूरा भए अवरोध तत्काल खोल्ने जानकारी दिए ।

काठमाडौँ जिल्लाका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले भने विभिन्न बाहनामा फोहोर विसर्जनमा अवरोध गर्ने कुरा उचित नभएको बताए । ‘विभिन्न बाहनामा लकडाउनका बेला फोहोर विसर्जनमा अवरोध गर्ने कुरा उचित होइन । मैले नुवाकोटका जिल्ला प्रमुख र ककनी गाउँपालिकाका जनप्रतिनिधिसँग पनि समन्वय गरिरहेको छु,’ उनले भनेका छन्,’ उहाँहरुका माग के-के हुन् । व्यवस्थापनका लागि छलफल गर्न सकिन्छ । तर, फोहोर नै रोक्ने कुरा हुँदैन ।’

दाहालले बल प्रयोग गरेर भए पनि उपत्यकाको फहोर विसर्जन गर्ने बताए ।  ‘सिसडोलबासीले पटक-पटक अवरोध हुन्छ, स्थानीयले विभिन्न बाहनामा फोहोर विसर्जनमा अवरोध गर्दा काठमाडौँ महानगरपालिकाले उहाँहरुका माग पटक-पटक सम्वोधन गर्छ,’ उनल भने,’ उनल भने,’समस्याका बारेमा मैले त्यहाँका जनप्रतिनिधि र नुवाकोटका प्रमुख जिल्ला अधिकारीसँग पनि कुरा गरेँ, स्थानीयका केही माग छन् । सम्वोधनका लागि काठमाडौं महानगरपालिका छलफल गर्न तयार छ । यस्तो अवस्थामा फोहोर विसर्जनमै अवरोध गर्ने कुरा उचित हुन्न।’

काठमाडौं उपत्यकाबाट दैनिक १ हजार ४५ मेटि्रक टन फोहोर उत्पादन हुन्छ । त्यो उत्पादित फोहोर विसर्जन नभए काठमाडौँ महानगरपालिका सहित अन्य नगरपालिका पनि दुघन्धित हुन पुग्नेछन् ।

त्यसबाट रोगहरुको संक्रमणको खतरा बढी हुने भन्दै उपत्यकाका जनप्रतिनिधिले पनि फोहोर व्यवस्थापनमा समस्या सिर्जना गर्नु नहुनेमा जोड दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment