+
+
Shares

रास्वपाले निर्वाचन आयोगमा पेश गरेको कागजात झिकाउन सर्वोच्चको आदेश

अनलाइनखबर अनलाइनखबर
२०८२ असार २९ गते १७:३३

२९ असार, काठमाडाैं । सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीले निर्वाचन आयोगमा पेश गरेको कागजात र अभिलेख अद्यावधिक सम्बन्धी कागजात झिकाउन आदेश गरेको छ ।

रास्वपाबाट निष्कासित महामन्त्री डा. मुकुल ढकालले दायर गरेको रिट निवेदनमाथिको सुनुवाईपछि न्यायाधीशहरु हरि फुयाल र नित्यानन्द पाण्डेयको इजलासले ‘मिसिल कागज झिकाउने’ आदेश गरेको हो ।

आदेश अनुसार अब निर्वाचन आयोगले रास्वपा दर्ता हुँदाको कागजात, त्यसका आधारमा रास्वपा दर्ता गर्ने निर्वाचन आयोगको निर्णय अनि त्यसपछि रास्वपाले ढकाललाई गरेको कारवाही र त्यससम्बन्धी पत्राचार लगायतका सबै कागजात सर्वोच्च अदालतमा बुझाउनुपर्नेछ ।

आफूलाई रास्वपाको महामन्त्रीमा कायम गरिनुपर्ने र आफूमाथि रास्वपाले गरेको कारबाहीले मान्यता पाउन नहुने मागसहित  ढकाल सर्वोच्च अदालत गएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?