+
+
Shares

नेपाल इन्जिनियरिङ कलेजका प्राचार्यमाथि नेविसंघका विद्यार्थीबाट हातपात, रोकियो आन्तरिक परीक्षा

अनलाइनखबर अनलाइनखबर
२०८२ असार २९ गते १७:३४
फाइल तस्वीर

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल विद्यार्थी संघका कार्यकर्ताले भक्तपुर चाँगुनारायणस्थित नेपाल इन्जिनियरिङ कलेजका शिक्षकहरूमाथि हातपात गरेपछि क्याम्पसको पठनपाठन पाँच दिनदेखि प्रभावित भएको छ।
  • क्याम्पस प्रमुख दुर्गाप्रसाद भण्डारीले दोषीलाई कारबाही नभएको र क्याम्पस आंशिक मात्र खुलेको जानकारी दिए ।
  • जिल्ला प्रशासन कार्यालय भक्तपुरले सुरक्षाका लागि प्रहरी खटाइएको र माग अनुसार सुरक्षा प्रबन्ध गरिएको बताएको छ।

२९ असार, काठमाडौं । भक्तपुर चाँगुनारायणस्थित नेपाल इन्जिनियरिङ कलेजका शिक्षकमाथि नेपाल विद्यार्थी संघ (नेविसंघ) का कार्यकर्ताले हातपात गरेपछि ५ दिनदेखि क्याम्पसको पठनपाठन प्रभावित भएको छ ।

खेलकुद सप्ताहको कार्यक्रमको विषयलाई लिएर नेविसंघका केन्द्रीय सदस्य साजन देउजा र क्याम्पस इकाइ अध्यक्ष पृथ्वीजंग थापाले क्याम्पस प्रमुख दुर्गाप्रसाद भण्डारी, सहायक प्रमुख मोहनध्वज केसी र प्रशासन प्रमुख श्रीमा शर्मालाई हातपात गरेको क्याम्पस प्रशासनले जनाएको छ ।

२४ देखि २८ असारसम्म खेलकुद कार्यक्रम गर्ने सबै विद्यार्थी संगठनबीच सहमति भएको तर नेविसंघका कार्यकर्ताले आफूलाई मान्य नभएको भन्दै शिक्षकहरूमाथि हातपात गरेको हो ।

यसबारे भक्तपुर प्रहरी परिसरमा उजुरीसमेत परेको छ । कलेजमा पढाउने वातवरण नभएको भन्दै शिक्षक कर्मचारीले सुरक्षाको माग गरेका छन् ।

‘शिक्षक कर्मचारीले सुरक्षा नभएसम्म पढाउन नसकिने भनिरहनु भएको छ । दोषीलाई कारबाही पनि भएको छैन,’ क्याम्पस प्रमुख भण्डारीले भने, ‘क्याम्पस आंशिक खुलेको छ । कलेजको आन्तरिक परीक्षा थियो । डर र त्रासले विद्यार्थीले परीक्षा दिएनन् । दोषीलाई कारबाही गर्न विद्यार्थीले पनि माग गरेका छन् ।’

२४ गते भएको घटान हो तर ५ दिन बितिसक्दा पनि हातपात गर्नेलाई कारबाही गरिएको छैन । कलेजभन्दा बाहिरका व्यक्तिकोसमेत संलग्न रहेको कलेज प्रशासनको दाबी छ ।

जिल्ला प्रशासन कार्यालय भक्तपुरले कलेजमा सुरक्षाको प्रवन्ध गरिएको बताएको छ । ‘माग भए अनुसार सुरक्षाको लागि प्रहरी खटाइएको छ,’ प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डेले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?