Comments Add Comment

अर्घाखाँचीको छाया मेडिकल सिल

५ जेठ, गुल्मी । कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएका गुल्मीका एक पुरुषको सम्पर्क रहेको सन्धिखर्कको छाया पोलिक्लिनिक सिल गरिएको छ ।

सोमबार मात्रै गुल्मीका एक पुरुषमा कोरोना पुष्टि भएको थियो । उनले यसअघि छाया पोलिक्लिनिकमा जाँच गराएकोले सिल गरिएको अर्घाखाँचीका प्रमुख जिल्ला अधिकारी विजयराज पौडेलले जानकारी दिए।

छाया पोलिक्लिनिकमा जाँच गरेपछि ती पुरुष बुटबल गएका थिए ।

जेठ १ गते उपचारको लागि रुपन्देहीको मणिग्रामको क्रिमसन अस्पतालमा लगिएका ४१ वर्षीय पुरुषको आईसीयूमा राखेर उपचार भइरहेको छ ।

भैरहवामा रहेको प्रदेश जनस्वास्थ्य प्रयोगशालामा उनको स्वाब परीक्षण गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment