+
+
Shares

झापामा थपिए अर्का काेराेना संक्रमित

अनलाइनखबर अनलाइनखबर
२०७७ जेठ ५ गते १९:५२

५ जेठ, काठमाडौं । नेपालमा एक जना कोरोना संक्रमित थपिएका छन् ।

भारतबाट लुकिछिपी शनिबार नेपाल छिरेका झापाका एक मजदुरमा कोभिड–१९ को संक्रमण देखिएको हो ।

जिल्ला स्वास्थ्य कार्यालय, झापाका फोकल पर्सन जीवन चम्लागाईंले उनमा संक्रमण पुष्टि भएको अनलाइनखबरलाई बताए । उनका अनुसार युवकलाई बिराटनगरस्थित कोभिड अस्पतालमा पठाइएको छ ।

योसँगै झापामा कोरोना संक्रमितको संख्या तीन पुगेको छ । यसअघि दमक नगरपालिका र बाह्रदशी गाउँपालिकाका एक÷एक जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ ।

यसअघि सोमबार नै नेपालमा थप ६२ जना कोरोना संक्रमित थपिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?