Comments Add Comment

मुम्बईबाट तीन दिनअघि आएका थिए मोरङका कोरोना संक्रमित

५ जेठ, विराटनगर । सोमबार मोरङमा भेटिएका कोरोना संक्रमित तीन दिनअघि भारतबाट आएको पाइएको छ ।

लकडाउनका बन्द सीमामा खटिएका प्रहरीलाई छल्दै भित्रिएका २४ वर्षका युवकमा सोमबार कोरोना संक्रमण पोजेटिभ देखिएको हो ।

संक्रमित युवक रतुवाई नगरपालिका – १ का हुन् । उनी २ जेठ राति घर आएका थिए । भारतबाट राति चोरबाटो हुँदै छिरेका युवकको नगरपालिकाले आरडीटी विधिबाट परीक्षण गर्दा कोरोना एन्टीवडी पोजेटिभ देखिएको थियो ।

त्यसपछि पीसीआर विधिबाट परीक्षण गर्दा कोरोना संक्रमण पोजेटिभ देखिएको प्रदेश १ सामाजिक विकास मन्त्रालयका प्रवक्ता डा. सुरेश यादवले जानकारी दिए ।

यो सँगै मोरङमा कोरोना संक्रमितको संख्या ३ पुगेको छ । प्रदेश १ मा कोरोना संक्रमितको संख्या ४० पुगेको छ । आइतबार मात्र विराटनगरमा २ जनालाई कोरोना संक्रमण देखिएको थियो ।

संक्रमितको टोल सिल

संक्रमण पुष्टि भएपछि स्थानीय प्रशासनले रतुवामाई नगरपालिका–१ सोनापुर टोल सिल गरेको छ । संक्रमित युवकको घर भएको टोल सिल गरिएको मेयर रविन राईले जानकारी दिए ।

झापाका संक्रमित रेलयात्री

झापामा भेटिएका कोरोना संक्रमित रेलबाट सीमावर्ती क्षेत्रमा आएर नेपाल आएको पाइएको छ ।

भारतबाट आएका २३ वर्षका युवकमा कोरोना संक्रमण देखिएको प्रदेश १ सामाजिक विकास मन्त्रालयका प्रवक्ता डा. सुरेश मेहताले जानकारी दिए । उनी २ जेठमा झापा आइपुगेका थिए ।

योसँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या ४१ पुगेको छ । आइतबार मात्र धनकुटामा १ र विराटनगरमा २ जनामा कोरोना देखिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment