Comments Add Comment

गुल्मीको मदाने गाउँपालिका सिल

५ जेठ, काठमाडौं । आफ्नो क्षेत्रभित्रका १ व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएपछि गुल्मीको मदाने गाउँपालिका अनिश्चितकालसम्मका लागि सिल गरिएको छ ।

सोमबार मदाने गाउँपालिकाका ४१ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको थियो । लगत्तै मदाने गाउँ कार्यपालिका कार्यालयले गाउँपालिका सिल गर्ने निर्णय गरेको हो ।

कोरोना संक्रमणको सम्भावित खतरालाई मध्यनजर गर्दै गाउँपालिका सिल गर्ने निर्णय गरिएको मदाने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेश भण्डारीले जानकारी दिए ।

विदेशबाट आएका गाउँपालिकाका कुनै पनि व्यक्ति संक्रमण नदेखिएको अवस्थामा युवकमा कोरोना पुष्टि भएको गाउँपालिकाले जनाएकाे छ । गाउँपालिकाका अनुसार, स‌क्रमित युवककाे अहिले क्रिमसन अस्पताल, बुटवलमा उपचार भइरहेको छ ।

युवक कसरी संक्रमित भए भन्नेबारे थप अनुसन्धान भइरहेको पनि गाउँपालिकाले जनाएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment