Comments Add Comment

शाकाहारी बनेपछि जेनेलिया लेख्छिन्–‘जनावरप्रतिको क्रूरता कम भयो’

बलिउडमा शाकाहारी कलाकार धेरै छन् । लकडाउनको समयमा जनावरप्रति मानवीयता देखाउन उनीहरूले आग्रह पनि गर्दै आएका छन् । नायिका जेनेलिया डिसुजाले पनि केही वर्ष अगाडि मात्र शाकाहारी बन्ने निर्णय लिएकी हुन् । शाकाहारी बन्ने निर्णय लिएसँगै जेनेलियाले आफूमा जनावरलाई लिएर पैदा हुने भावना बदलिएको बताएकी छिन् ।

जेनेलिया लेख्छिन्–‘मलाई लागेको थियो कि, शाकाहारी बन्नका लागि धेरै नै गाह्रो छ । तर, यसलाई पूरा गर्नका लागि मैले दृढ संकल्प लिएको थिएँ । यो यात्राको समयमा मैले रुखको पात र जराको सुन्दरता महसुस गरेको छु । मैले विभिन्न रंगमा तिनीहरूलाई नियालेको छु । महत्वपूर्ण कुरा त जनावरप्रतिको क्रूरता ममा पहिलेको भन्दा धेरै कम भएको छ ।’

जेनेलियाले आफ्नो खेतमा उब्जिएका साग सब्जीको सुन्दरता र यसलाई प्रयोग गर्दाको मिठासको बारेमा पनि बताएकी छिन् ।

नायिका जेनेलिया अहिले बलिउड चलचित्रमा सक्रिय छैनन् । नायक रितेश देशमुखसँग बिहे गरेपछि उनी घरयासी काममा नै बढी व्यस्त छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment