Comments Add Comment

खुसीको माहोलमा पनि तपाईंको बालबच्चा उदास हुन्छन् ?

यतिबेला पारिवारिक माहोलमा बालबच्चा रमाइरहेका छन् । बुबाआमासँग बस्न पाउँदा उनीहरू खुसी हुन्छन् नै । तर, कतिपय बालबच्चा यस्ता हुन्छन्, जो घरको माहौल रमाइलो हुँदा पनि उनीहरूमा त्यसको कुनै प्रभाव वा प्रतिक्रिया देखिँदैन।

स्वभाविक रुपमा के हुनुपर्ने हो भने आफू जस्तो माहोलमा बस्छौं । हाम्रो मनोभाव पनि त्यही अनुसार हुनेगर्छ । रमाइलो माहोलमा बसेको बखत हामी खुसी र उमङ्गित हुन्छौं । तर, यस्तो अवस्थामा पनि कोही उदास देखिन्छ भने त्यसलाई स्वभाविक मान्न सकिन्छ। खासगरी यस किसिमको लक्षणले संशय जगाउँछ। कतै उनलाई बाइपोलार डिसअर्डर त भएको होइन ?

त्यति मात्र होइन, अरू किसिमको अस्वभाविक व्यवहार गर्छन् भने पनि उनीहरूमा शंका गर्नुपर्ने हुन्छ । जस्तो कि झर्कने, विना कारण रिसाउने । राति निदाउन नसक्नु, कुनै कुरामा ध्यान केन्द्रित गर्न नसक्नु आदि ।

बालबालिका मात्र होइन, किशोर वा युवा सबैमा यस किसिमको मानसिक विकार हुन सक्छ । बाइपोलार डिसअर्डरमा दुई किसिमको स्थिति हुन्छ, एक उदासी र अर्को प्रशन्नता । उदासी हुँदा यति धेरै डिप्रेसनमा पुग्छन् कि आत्महत्या जस्तो खतरनाक प्रयास गर्छन् । खुसीको चरणमा यति धेरै आत्माविश्वासले भरिन्छ कि, उसलाई सम्हाल्नै गाह्रो हुन्छ । दुवै स्थिति सामान्य होइन ।

डिप्रेसनको चरण

यस्तो चरणमा व्यक्ति अक्सर डिप्रेसनमा हुन्छन् ।

-पटक पटक आफैँलाई पीडा दिन खोज्ने ।

-कुनैपनि काममा ध्यान नदिने । दिक्क मान्ने ।

-भविष्यका लागि सधैं चिन्तित रहने ।

-झर्किने वा रिसाइरहने ।

-खुसीको माहोलमा पनि रमाउन नसक्ने ।

-तौल घटबड भइरहने ।

-आफूले आफैँलाई अपराधी महसुस गर्नु ।

-कुनैपनि कुरा याद गर्न नसक्नु ।

मेनिया वा खुसीको चरण

यस चरणमा व्यक्ति आत्माविश्वासले भरिपूर्ण पाइन्छ । व्यक्तिमा यस्तो लक्षण देखिए तुरुन्तै चिकित्कस कहाँ देखाउनुपर्छ ।

-एकदमै खुसी भएर कसैलाई पैसा बाढ्न थाल्नु ।

-हरक्षण गीत सुनिरहनु ।

-अत्याधिक साथी बनाउनु ।

– रातभर जागा बस्नु ।

– विवाहित भएर पनि अर्कोसँग आकर्षित हुनु ।

-अफिस वा आफ्नो काममा अत्याधिक व्यस्त हुनु ।

– छिटो-छिटो कुरा गर्नु ।

-कुनै पनि कुरामा ध्यान नदिनु ।

किन यस्तो हुन्छ ?

यसको खास कारण देखिँदैन । यो कहिले जेनेटिक त कहिले न्यूरोट्रान्समिटर इम्बैलेन्स, एबनर्मल थाइरड फंशन, हाइ लेबल अफ स्ट्रेस आदिको कारण हुन सक्छ ।

के छ उपचार ?

बाइपोलार डिसअर्डर पूर्ण रुपमा निको हुन सक्छ । मनोचिकित्सकको सहयोगले पीडित व्यक्ति पहिलेकै अवस्थामा फर्किन सक्छ ।

-नियमित रुपले औषधि सेवनले पीडित स्वभाविक अवस्थामा फर्किन सक्छ ।

-यस्ता व्यक्तिका लागि पर्याप्त निन्द्राको आवश्यक हुन्छ ।

-औषधिको साथ नियमित थेरापी लिनुपर्छ, यसले चाँडै राहत मिल्छ ।

– व्यायाम र योग, ध्यानले एकदमै प्रभावकारी हुन सक्छ ।

मिथक

धेरैले मान्ने गरेका छन् कि बाइपोलार डिसअर्डरले ग्रसित व्यक्ति सामान्य जीवनमा फर्किन सक्दैनन् । तर, यो एकदमै गलत हो, भ्रम हो ।

यस किसिमको समस्याले ग्रस्त व्यक्ति पुन सामान्य जीवनमा फर्कन सक्छन् । यद्यपि त्यसका लागि परिवारका सदस्यहरूले सकारात्मक र सहयोगी भूमिका खेल्नुपर्छ ।

के भ्रम छ भने २० वर्षभन्दा बढी उमेरकालाई बाइपोलार डिसअर्डर हुन्छ । तर, यो किशोरवयकाहरूलाई पनि यस्तो समस्या हुन सक्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment