+
+
Shares

निजी क्षेत्रको गुनासोबारे प्रधानमन्त्रीको जवाफ : कोरोनाले धनी-गरिब चिन्दैन

अनलाइनखबर अनलाइनखबर
२०७७ जेठ ६ गते १५:०४

६ जेठ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नीति तथा कार्यक्रममा निजी क्षेत्रलाई उचित सम्बोधन गर्न नसकेको गुनासोप्रति कटाक्ष गरेका छन् । मंगलबार प्रतिनिधि सभामा ओलीले सरकारको नीति तथा कार्यक्रममाथि उठेको प्रश्नको जवाफ दिँदै कोरोनाले समेत ठूलो-सानो मानिस नचिन्ने जवाफ दिएका छन् ।

संसदमा नीति तथा कार्यक्रममाथि सांसदले उठाएको प्रश्नको जवाफ दिँदै मंगलबार उनले स्पष्टसँग अहिले अर्थतन्त्र प्राथमिकतामा नरहेको समेत बताए । मानिसको ज्यान बचाउने काम पहिलो प्राथमिकतामा रहेको भन्दै मानिस बचे भने फेरि पनि अर्थतन्त्रमाथि उठ्ने उनको तर्क थियो ।

‘कोरोनाले ठूलो सानो, धनी गरिब चिन्दैन,’ उनले भने, ‘पहिलो प्राथमिकता मान्छे बचाउने नै हो, निजी क्षेत्रका व्यक्तिको पनि ज्यान गुमाउन नदिने पहिलो कुरा हो ।’

असुरक्षित अवस्थाबाट सुरक्षितस्थितिमा जाने विषय नै पहिलो प्राथमिकतामा रहेको प्रधानमन्त्रीले स्पष्ट पारे । त्यसपछि अर्थतन्त्र उठाउने र देशको विकास गर्ने उनको भनाइ छ । हामीले यो यत्तिकै भनिरहेको छैनौं, योजनाबद्ध ढंगले भनिरहेका छौं ।’

प्रधानमन्त्री ओलीले अध्ययन गरेर मात्रै कोरोनाविरुद्ध राहत प्याकेज ल्याउने पनि उल्लेख गरेका छन् । ‘कोरोनाबाट प्रभावित क्षेत्रको सरकारले अध्ययन गर्दैछ, जो राहतको लागि योग्य छ, उसले मात्रै राहत पाउँछ,’ उनले भने, ‘राज्यको स्रोतले धान्न सक्ने राहत प्याकेज ल्याउँछौं ।’

उनले सरकारले बोलेका कुरा पुरा गर्ने बताए । ‘जनताको आय घटेको छ, आवश्यकता बढ्दैछ, प्याकेज देखाउने होइन, यो रहरको विषय पनि होइन,’ उनले भने,’हामी जुन अवस्थामा छौं, त्यो हेरेर अगाडि बढ्ने हो । ‘

उनले बेरोजगारलाई रोजगारीको अवसर दिने र यो देशको अर्थतन्त्रको लागि पनि आवश्यक कदमहरु चाल्ने पनि बताए ।  ‘जो शारीरिक रुपमा असक्त छ, श्रम गर्न सक्दैन, ती व्यक्तिहरुको जिम्मा सरकारले निसर्त लिन्छ’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?