+
+
Shares

३० वैशाखमा काठमाडौं आएका थिए रामेछापका कोरोना संक्रमित

अनलाइनखबर अनलाइनखबर
२०७७ जेठ ७ गते १२:१८

७ जेठ, काठमाडौं । रामेछापका कोरोना भाइरस (कोभिड–१९) संक्रमित व्यक्ति हाल काठमाडौंमा रहेको पाइएको छ ।

खाँडादेवी गाउँपालिका–१ का उनी वैशाख ३० गते काठमाडौं आएका थिए र, कोरोना परीक्षण गर्न थ्रोट स्वाब दिएका थिए । उनको रिपोर्ट पोजेटिभ आएको छ ।

रामेछापका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माकाअनुसार अहिले संक्रमितको घर भएको क्षेत्रलाई सिल गरिएको छ ।

परिवारका ८ जना र नजिकको सम्पर्कमा आएका ७ जनाको थ्रोट स्वाब संकलन गरेर राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाइएको छ । उनीहरुको रिपोर्ट आएपछि थप केही भन्न सकिएला’ प्रजिअ शर्माले बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?