७ जेठ, काठमाडौं । सरकारले निजी अस्पतालले शुल्क लिएर कोरोनाको आरडीटी विधिमार्फत परीक्षण गर्न पाउने व्यवस्था गरेसँगै अस्थायी निर्देशिका पनि जारी गरेको छ। तर, उक्त निर्देशिकामा कति शुल्क लिन पाउने भन्ने उल्लेख गरेको छैन्।
परीक्षणको लागि काठमाडौं उपत्यकाका अस्पतालले स्वास्थ्य सेवा विभागबाट र बाहिरका अस्पतालले प्रदेश स्वास्थ्य निर्देशनालयबाट अनुमति लिनुपर्ने निर्देशिकामा उल्लेख छ।
निजी अस्पतालले २० प्रतिशत नाफा लिएर आरडीटी परीक्षण गर्न पाउने छन। आरडीटीमा पोजेटिभ देखियो भने पीसीआर परीक्षणको लागि सिफारिस गर्नुपर्ने उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4