Comments Add Comment

डिभोर्सको खबरले हैरान नवाजुद्दिन

बलिउड नायक नवाजुद्दिन सिद्धिकी र उनकी पत्नी अञ्जलि डिभोर्सको तयारीमा छिन् । विशेषगरी, उनकी पत्नी अञ्जलि नवाजुद्दिनसँग अलग हुन चाहन्छिन् ।

नवाजुद्दिनको वैवाहिक जीवन केही समयदेखि समस्यामा थियो । तर, पत्नीले डिभोर्सको माग गरेपछि नवाजुद्दिनलाई ठूलो झट्का लागेको छ । उनले पत्नीलाई फेरि विश्वास दिलाउन सक्छु भन्ने सोचेका थिए ।

नवाजुद्दिन अहिले आफ्नो घर उत्तराखण्डमा छन् । उनकी पत्नी भने आफ्नो आमा-बुबाको साथमा जबलपुरमा छिन् । डिभोर्सको लागि अञ्जलिका आमा-बुबाले पनि समर्थन जनाएको भारतीय मिडियाले बताएका छन् ।

नवाजकी बहिनीको निधन भएको केही महिनापछि डिभोर्सको खबर सार्वजनिक भएको हो । यो विषयमा नवाजकी आमालाई कुनै पनि जानकारी दिइएको छैन । यो वर्ष नवाजको घरमा इदको कुनै पनि कार्यक्रम नराखिएको पनि भारतीय मिडियाले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment