Comments Add Comment

१५ लाख संक्रमित पहिचान गर्न सक्नु गर्वको कुरा हो– ट्रम्प

७ जेठ, काठमाडाैं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले १५ लाख काेराेना भाइरस संक्रमित पुष्टि हुने गरी परीक्षण गर्न सक्नु अमेरिकाको लागि गर्वको कुरा रहेको बताएका छन् । ह्वाइट हाउसमा उनले यति धेरै संक्रमितको पहिचान गर्न सक्नुलाई आफूले सकारात्मक रुपमा लिनुपर्ने बताए ।

उनले यति धेरै संक्रमित पुष्टि गर्नुले अमेरिकाको परीक्षणको टेस्टिङ प्रोटोकल निकै राम्रो रहेको पुष्टि भएको ट्रम्पको भनाइ छ ।

जोन्स हप्किन्स युनिभर्सिटीको तथ्यांक अनुसार अहिलेसम्म अमेरिकामा १५ लाखभन्दा धेरै संक्रमित फेला परिसकेका छन् भने ९२ हजारभन्दा धेरै मानिसको कोरोना भाइरसको कारण मृत्यु भइसकेको छ ।

अमेरिकामा कोरोना भाइरसको महामारी फैलिएपछि सोमबार पहिलोपटक क्याबिनेटको बैठक बसेको थियो । सो बैठकको जानकारी दिने क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै ट्रम्पले अमेरिकामा सबैभन्दा धेरै संक्रमित पुगेकोमा आलोचना गर्नुको सट्टामा अन्य मुलुकको तुलनामा अमेरिकामा धेरै परीक्षण भएको विषयलाई सकारात्मक रुपमा लिनुपर्ने बताएका हुन् ।

अमेरिकाको सेन्टर फर डिजिज कन्ट्रोलका अनुसार अमेयरिकामा अहिलेसम्म एक करोड २६ लाखभन्दा धेरै परीक्षण भइसकेको छ । अमेरिकाका विपक्षीहरुले भने मुलुकमा कोरोना भाइरसका संक्रमितको संख्या १५ लाख पुग्नुले ट्रम्पको नेतृत्वमाथि प्रश्न उठेको बताएका छन् ।

स्रोत : बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment