Comments Add Comment

दिल्लीमा यसरी चल्यो सार्वजनिक यातायात

काठमाडौं । भारतले लकडाउन त गरेको छ, तर कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या बढ्दो छ । भारतमा एक लाखभन्दा बढी संक्रमित भइसकेका छन् । एकातिर संक्रमण पनि नरोकिने र अर्कोतिर ठूलो आर्थिक क्षति हुने भएकाले लकडाउन कहिलेसम्म जारी राख्ने ? भन्ने प्रश्न उठ्दै आएको छ ।

त्यसैले मे ३१ सम्म लकडाउन लम्ब्याएको भारतले यसलाई केही खुकुलो बनाउने निर्णय गरेको छ ।

र, कुन क्षेत्र खुला गर्ने भन्ने निर्णय गर्ने अधिकार राज्य सरकारहरुलाई दिइएको छ । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले जोर बिजोर प्रणालीमा बजार खोल्न निर्देशन दिएका छन् । बजारमा हुने भिड कम गर्न उनले एक दिन एक किसिमको र अर्को दिन अर्कै किसिमको पसल खोल्ने निर्णय गरेका हुन् ।

सार्वजनिक यातायातहरु पनि सुचारु भएको छ । आवश्यक कामका लागि मानिसहरुलाई बाहिर निस्किन दिइएको छ । तर भौतिक दूरीको नियम भने पालना गर्नुपर्ने हुन्छ । सार्वजनिक यातायातमध्ये बसमा २०, कारमा दुई, ई–रिक्सा, अटो रिक्सा र ट्याक्सीमा केवल एक जना यात्रु मात्र राख्न पाइनेछ ।

मंगलबारदेखि दिल्लीमा यो नियम लागू भएको हो । त्यससँगै बस स्टेशनहरुमा मानिसहरुको भिड देखियो । तर उनीहरु भौतिक दुरी कायम गरेर बसेका थिए ।

सबैले मास्क लगाएका थिए । बसभित्र पनि मानिसहरुलाई भौतिक दूरी कायम राख्ने व्यवस्था गरिएको थियो । त्यसका लागि सिटहरुमा यहाँ नबस्नुहोस् भन्ने स्टिकर टाँसिएको थियो । उक्त यसरी स्टिकर टाँसिएका सिटमा बस्न पाइँदैन । नियम पालना गराउन सुरक्षाकर्मी परिचालन गरिएको छ । मोटरसाइकलमा पनि एकजनालाई मात्र अनुमति दिइएको छ ।

सार्वजनिक यातायातका जोखिम के–के हुन् ?
सार्वजनिक यातायातमा यात्रा गर्नु कोरोना भाइरसको संक्रमणको हिसाबमा निकै जोखिमपूर्ण हुन्छ । त्यसमा पनि कति धेरै जोखिम भन्ने कुरा त्यहाँको भिडले निर्धारण गर्छ । यसको मापनको लागि भौतिक दुरीको विषय निकै महत्वपूर्ण हुन्छ । भौतिक दुरी सावारीसाधनभित्र र स्टेसन दुवैमा कायम राख्नु जरुरी हुन्छ ।

त्यसका साथै रेल वा बसमा यात्रा गर्दा सार्वजनिक यातायातको झ्याल खुला हुनु राम्रो हुन्छ । झ्याल बन्द गर्दा यो भाइरस फैलिने जोखिम पनि बढी हुन्छ ।

कसरी सुरक्षित रहने ?

– धेरै चाप नहुने समयमा यात्रा गर्ने

– मानिसको भिड नहुने रुटबाट यात्रा गर्ने

– सवारीसाधनबाट ओर्लिदा वा चढ्दा अरुलाई पहिला जान दिने

– सकेसम्म दुई मिटरको दूरी कायम गर्ने

– यात्रा पूरा गरेपछि अनिवार्यरुपमा २० सेकेण्डसम्म साबुनपानीले हात धुने

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment