
७ जेठ, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सःशुल्क कोरोना परीक्षणको मूल्य निर्धारण हुन बाँकी नै रहेको बताएको छ ।
मन्त्रालयले मंगलबार लक्षण नभएका स्वदेशी तथा विदेशी नागरिकले स्वेछिक रुपमा शुल्क तिरेर परीक्षण गराउन चाहे अनुमति दिने सैद्धान्तिक निर्णय गरेको थियो ।
यसलाई लिएर १५ हजारसम्म शुल्क तोकिएको चर्चा भएपछि मन्त्रालयले त्यसको खण्डन गरेको छ । मन्त्रालयका आईसीएस संयोजक डा. गुणराज लोहनीले भनेका छन्, ‘के-कति शुल्क लाग्ने, प्रयोगशाला कस्तो हुने, सुरक्षा प्रवन्ध कसरी अपनाउने लगायतका विषय निर्णय हुन बाँकी नै छ ।’
मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले यसबारे छिट्टै निर्णय हुने बताएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4