Comments Add Comment

काभ्रेमा जिप दुर्घटना, हामफाल्ने २ बेपत्ता

७ जेठ, काठमाडौं । काभ्रेको भुम्लु गाउँपालिका–८, सिलामे भीरमा बोलेरो जिप दुर्घटना भएको छ । दुर्घटनामा दुई जना बेपत्ता भएका छन् ।

दोलालघाटबाट चौरीदेउरालीका लागि छुटेको बोलेर उकालोमा ब्रेक फेल भएर पछाडि सर्न थालेपछि हामफालेका व्यक्ति बेपत्ता भएका हुन् ।

काभ्रेका प्रहरी प्रमुख एसपी रवि पौडेलका अनुसार, खाद्यान्न लिएर गएको बोलेरोमा तीन जना यात्रु थिए । तीमध्ये दुई जना मात्र हामफालेका थिए । बोलेरोभित्रै बसेकी महिलाको अवस्था सामान्य छ ।

पौडेलका अनुसार केही तल पुगेर बोलेरो रोकिएको थियो । हामफाल्ने दुई जना भने सुनकोशी नदीमा खसेका छन् । उनीहरुको खोजी कार्य जारी रहेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment