+
+
Shares

कागेश्वरी मनोहरा नगरपालिकामा आगलागी, ४ गाई मरे

अनलाइनखबर अनलाइनखबर
२०७७ जेठ ८ गते ६:३३

८ जेठ, काठमाडौं । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर ४ स्थित लक्ष्मीनारायण चोकको एक गाई फार्ममा आगलागी भएको छ ।

गएराति भएको आगलागीबाट कम्तिमा चार वटा गाईहरु जलेर मरेका छन् । केही गाई घाइते भएका छन् । बौद्ध प्रहरीका अनुसार सो गाई फार्म खड्ग ढकालले सन्चालन गर्दै आएका थिए ।

गएराति करिब ९ बजेर २५ मिनेटमा आगलागी भएको र दमकलको सहयोगमा सवा १० बजेतिर नियन्त्रणमा लिइएको बौद्ध प्रहरीले जनाएको छ ।
आगलागीको कारण खुलेको छैन । क्षतिको पूर्णविवरण पनि आइनसकेको प्रहरीको भनाइ छ ।

२०७४ सालमा काठमाडौंको गोकर्णेश्वर नगरपालिका–१ रुप्सेटारमा रहेको ‘ओम कृषि फार्म’ मा आगलागी हुँदा ४५ गाई मरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?