Comments Add Comment

तियानमेनमा मारिएकाको स्मरणमा प्रदर्शन गर्न मकाउमा रोक

चीनको राजधानी बेइजिङस्थित तियानमेन स्क्वायर

८ जेठ, काठमाडौं । चीनको विशेष प्रशासनिक क्षेत्र मकाउ प्रहरीले बेइजिङस्थित तियानमेन स्क्वायरमा मारिएकाहरुको स्मरणमा बर्सेनि आयोजना हुने प्रदर्शनमा रोक लगाएको छ । कोरोना भाइरस संक्रमणको जोखिमका कारण प्रदर्शनमा रोक लगाइएको स्थानीय मिडियाहरुले लेखेका छन् ।

तर, मकाउमा विगत ४१ दिनयता कोरोना संक्रमित फेला परेका छैनन् ।

तियानमेन नरसंहारको स्मरणमा गरिने प्रदर्शन ३० वर्षयता रोकिएको पहिलो पटक हो ।

प्रदर्शन आयोजना गर्ने संगठन डेमोक्रेटिक डभलेपमेन्ट युनियनले भने प्रदर्शन गर्न नदिने निर्णयविरुद्ध अदालत जाने चेतावनी दिएको छ ।

तियानमेन चोकमा मारिएकाहरुको सम्झनामा हरेक वर्ष मकाउ र हङकङमा जुलुस आयोजना गरिन्छ ।

सन् १९८९ मा बेइजिङस्थित तियानमेन चोकमा लोकतन्त्रको समर्थनमा सहभागीहरुलाई चीन सरकारले निर्मम दमन गरी मारेको इतिहास छ । त्यतिबेला १० हजार जना मारिएको दाबी ब्रिटिश दस्तावेजहरुमा पढ्न पाइन्छ ।

तर, चीनले भने ‘क्रान्ति विरोधी’ प्रदर्शनमा २ सय जना मात्र मारिएको र दर्जनौं प्रहरी र सेना घाइते भएको बताउँछ ।

चिनियाँ कम्युनिस्ट सरकारले यस विषयमा कुनै पनि बहस गर्न र लेख्न अनुमति दिँदैन । पाठ्यपुस्तक, मिडिया, इन्टरनेटहरुमा पनि यससँग सम्बन्धीत सूचना प्रतिबन्ध छ ।

चिनियाँ कम्युनिस्ट पार्टीका पूर्वमहासचिव एवम् उदार सुधारवादी नेता हु याओबाङको मृत्युपछि छात्रहरुले राजधानी बेइजिङमा विशाल विरोध प्रदर्शन गरेका थिए । सो प्रदर्शन जबरजस्ती दबाएको आरोप चीन सरकारलाई लाग्दै आएको छ । त्यसयता चीनमा सरकारविरोधी ठूलो प्रदर्शन भएको छैन ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment